coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नदी किनारमा युवक मृत अवस्थामा

बुटवल—रुपन्देहीको बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिकाको सिमानामा पर्ने बमहा खोलामा आज एक व्यक्तिको शव फेला परेको छ।

बुटवल उपमहानगरपालिका–५ गोलपार्कका ३५ वर्षीय वीरबहादुर गुरुङको आज बिहान मृत अवस्थामा बमाहा खोलामा शव फेला पारिएको प्रहरीले जनाएको छ।

एकाबिहानै खोलामा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए।

इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक वसन्त रानाका अनुसार शव केही भाग पानीमा डुबेको र केही भाग जमिनमा रहेको अवस्थामा फेला परेको थियो। मृतकको साथमा रहेको नेपाली नागरिकताका आधारमा उनको परिचय खुलेको थियो।

मृतकको शवको प्रकृति हेर्दा शरीरका विभिन्न भागमा चोटपटक लागेको देखिएकाले कसैले कुटपिट गरी हत्या गरेर फालेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको र थप अनुसन्धान जारीरहेको प्रहरी निरीक्षक रानाले बताए। रासस

प्रकाशित: १५ कार्तिक २०७३ ०७:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App