महिलामाथि काँटी घोप्ने आक्रमणकारी सार्वजनिक

शुक्रबार, १३ असार २०७६, १२ : ४० सन्दिप कुमार बैश्य

काठमाडौँ - सिरिन्ज आक्रमणमा संलग्न भएको आरोपमा सन्तोष कार्कीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। पछिल्लो दिनमा महिलामाथि श्रृखलावद्ध रुपमा शंकास्पद् ‘सिरिन्ज’ आक्रमण भएका उजुरी परेपछि प्रहरी उनिहरुको खोजिमा जुटेको थियो।

प्रहरीले महिलालाई आक्रमण भएको क्षेत्रमा जडान गरिएका सीसी टीभीबाट फुटेज निकालेर अनुसन्धान थालेको थियो। त्यसकै आधारमा अनुसन्धान गर्दै जाँदा प्रहरी कार्कीसम्म पुगेका हो। आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेका कार्कीलाई  सार्वजनिक गर्दै  ‘सिरिञ्ज’ प्रहार नगरेको बयान दिनुका साथै ढल्कु र पकनाजोल क्षेत्रको घटनामा पनि आफ्नो संलग्नता रहेको स्वीकार गरेकाे जनाएकाे छ।

काठमाडौ प्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द्र वोगटीले भने,‘उनले सिरिन्ज नभई सुरूमा काठको सुइरो र पछि ढलान किलोले घोचेको बयान दिएका छन्। तर आक्रमण गर्नुको कारण भने ‘रमाइलो’का लागि भनेका छन्।’

काठमाडौँ परिसरका प्रमुख उत्तम सुवेदीका अनुसार कार्की महाराजगञ्जमा होटल व्यवसाय गर्छन। राति १० बजे होटल बन्द गरेर मोटरसाइकलमा सोह्रखुट्टे, टंकेश्वर हुँदै नैकापस्थित कोठामा जाने क्रममा माहिलामाथि आक्रमण गर्थे।

प्रहरीले अनुसन्धानको क्रममा घटनामा प्रयोग भएको बा ४७ प १३३१ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ। कार्कीको बयानलाई भने प्रहरीले पूर्णरुपमा विश्वास गरिसकेकोछैन। कार्कीमाथि प्रहरीले अन्य कोणबाट थप अनुसन्धान गरिहेको छ। उनलाई नेपाल प्रहरीको काठमाडौं परिसरले बिहीबार राति महाराजगञ्जबाट पक्राउ  गरेको थियाे। पछिल्लो समय काठमाडौँ उपत्यकासहित आसपासको जिल्लामा शृङ्खलाबद्ध रुपमा सिरिन्ज आक्रमणको घटना भएपछि प्रहरीले सर्तकता बढाएको छ। रोग सार्ने नियतले आक्रमण गरेको हुनसक्ने आशंकामा पीडित महिलाहरुलाई एचआईभीविरुद्धको एआरटी औषधी चलाइएको छ भने हेपाटइटिसविरुद्ध भ्याक्सिन पनि दिइएको छ।








यसमा तपाईको मत

अन्य समाचार

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलको नयाँ आइफोन - आइफोन ११ को माग निकै उच्च रहेको छ ! ...

Ncell Footer Ad