coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

योर्कर र तीव्र गतिका धनी

श्रीलंकाका प्रमुख बलर लासिथ मालिंगा । तस्बिरः एजेन्सी

लन्डन – लासिथ मालिंगा श्रीलंकाका प्रमुख बलर हुन्, जसको योर्कर र तीव्र गति रोक्न कुनै पनि राष्ट्रका ब्याट्सम्यानका लागि कठिन हुने गर्दछ। ६ खेलको समाप्तिमा श्रीलंका ६ अंकका साथ साताैं स्थानमा छ। श्रीलंकाले पछिल्लो खेलमा आयोजक इङ्ल्यान्डलाई निराश पारेर शीर्ष ४ मा बस्दै अघिल्लो चरण प्रवेशको गणितीय सम्भावना जीवित राखेको थियो। त्यसमा नायक बनेका थिए,मालिंगा।

श्रीलंकाविरुद्ध २ सय ३३ रनको समान्य लक्ष्य पछ्याएको इङ्ल्यान्ड ४७ ओभरमा मात्र २ सय १२ रनमा अलआउट भएको थियो। त्यस क्रममा मालिंगाले १० ओभरमा १ मेडनसहित ४३ रन खर्चंदै ४ विकेट लिएका थिए। मालिंगाले प्रतियोगितामै उत्कृष्ट ब्याटिङ गरिरहेका जो रुटलाई समेत पवेलियनको बाटो देखाएका थिए। त्यस्तै ओपनर जेमी भिन्से,जोनी बेयरस्टो र जस बट्लर पनि मालिंगाको सिकार बनेका थिए।

श्रीलंकाले प्रतियोगितामा न्युजिल्यान्डलाई १० विकेटको नतिजा सुम्पिँदै प्रतियोगितामा खराब सुरुआत गरेको थियो। श्रीलंकाले वर्षाले प्रभावित खेलमा अफगानिस्तानलाई हराउँदै प्रतियोगितामा पहिलो जितको स्वाद चाखेको थियो। त्यस क्रममा पनि मालिंगाले ३ विकेट लिएका थिए। बंगलादेशविरुद्धको खेलअघि सासू आमाको अन्त्येष्टिमा सहभागी हुन श्रीलंका फर्किए पनि उनी त्यसलगत्तै इङ्ल्यान्ड आएका थिए। अस्ट्रेलियाविरुद्ध मालिंगाले स्टिम स्मिथलाई पवेलियनको बाटो देखाएका थिए।

श्रीलंका इङ्ल्यान्डविरुद्ध पनि मालिंगाले सोही लयलाई निरन्तरता दिँदै अघिल्लो चरण प्रवेश सम्भावना जीवित राखेको हेर्न चाहन्छ। मालिंगाले जारी प्रतियोगितमा ८ विकेट लिएका छन्।

प्रकाशित: १३ असार २०७६ ०५:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App