४ वैशाख २०८१ मंगलबार
फोटो फिचर

मन हर्ने फोक्सुन्डो ताल (फोटो फिचर)

चन्द्रशेखर कार्की

फोक्सोन्डु ताल डोल्पा जिल्लाको पर्यटन आकर्षणको मुख्य गन्तव्यमध्ये एउटा हो। समुन्द्र सतहबाट ११ हजार ८ सय फिट उचाइमा रहेको यो ताल शे फोक्सुन्डो राष्ट्रिय निकुञ्जभित्र अवस्थित छ।

काठमाडौं-नेपालगञ्ज-जुफालको हवाइ यात्रापछि पुगिन्छ डोल्पा। जुफाल विमानस्थलदेखि करिब १० किलोमिटर मोटर यात्रापछि पर्यटकको पैदल यात्रा सुरु हुन्छ। भेरी र फोक्सुन्डो नदीको दोभान– सुलिगार्ड बाटोमै पर्छन्।

गाडी छोडेर दिनभरिको हिँडाईले लखतरान भएका पर्यटकको पहिलो रात साङ्गटा वा छेप्कामा बिताउँछन्। यहाँ स्थानीय व्यवसायीले सञ्चालन गरेका तहका राम्रै होटल सञ्चालनमा छन्।

भोलिपल्ट बिहानको खाजा खाएर सुरु हुन्छ दोस्रो दिनको यात्रा। चट्टाने पहाडमा बनाइएका पैताला अँट्ने साना बाटाहरु निकै खतरनाक लाग्छन्। थकाइले लखतरान भएको बेला भिरमा हिँडिरेका नाउर देख्दा मन रोमाञ्चित हुन्छ।

१० घन्टा हिँडेपछि पुगिन्छ होटल झरना। दोस्रो रात यही होटलमा बित्छ। बिहानको खाजा खाएर ५ घन्टा लगातार उकालो लागेपछि पुगिन्छ १ हजार ३ सय ७३ मिटर स्क्वायर फिटको फोक्सुन्डो ताल।

फोक्सुन्डोको यात्रामा नाउर र चट्टान मात्र होइन तिब्बतीयन बौद्ध परम्पराका गुम्बाहरु पनि प्रशस्त भेटिन्छन्। डेढ दिन ताल वरपर बिताएर कतिपय पर्यटकहरु फर्किन्छन् भने कतिपय तीन दिन हिँडेर पुग्छन्— प्रसिद्ध शे (गुम्बा)।

सबै तस्विरः चन्द्रशेखर कार्की

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App