६ वैशाख २०८१ बिहीबार
खेल

अवार्डलाई क्राउन प्लाजाको साथ

काठमाडौं – नेपाल खेलकुद पत्रकार मञ्चले असार १७ गते प्रदान गर्ने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डका लागि सह–प्रयोजकको रूपमा होटल क्राउन प्लाजासँग प्रायोजन सम्झौता गरेको छ।

नेपाली खेलक्षेत्रकै प्रतिष्ठित अवार्ड कार्यक्रमका लागि मञ्चले होटल क्राउन प्लाजासँग सहप्रायोजकका रूपमा सम्झौता गरेको हो। सहप्रायोजकको रूपमा क्राउन प्लाजासँगको प्रायोजन अवधि एक वर्ष रहनेछ। सम्झौताअनुसार क्राउन प्लाजाले अवार्ड कार्यक्रम र मञ्चका लागि आवास र भोजनको व्यवस्था गर्नेछ। सम्झौतापत्रमा मञ्चका अध्यक्ष देवेन्द्र सुवेदी र क्राउन प्लाजाका प्रबन्ध निर्देशक युवराज श्रेष्ठले हस्ताक्षर गरेका थिए।

सम्झौतापछि क्राउन प्लाजाका प्रबन्ध निर्देशक श्रेष्ठले अनौपचारिक रूपमा मञ्च र अवार्डसँग काम गर्दै आएको भए पनि औपचारिक रूपमा जोडिन पाउँदा खुसी लागेको बताए।

मञ्चका अध्यक्ष सुवेदीले खेलकुद क्षेत्रसँग जोडिँदै आएको क्राउन प्लाजा अवार्डसँग औपचारिक रूपमा जोडिनु सुखद पक्ष रहेको उल्लेख गरे।

१६औं संस्करणको अवार्ड कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ। अवार्डका विभिन्न ५ विधाको मनोनयनसमेत सार्वजनिक भइसकेको छ। उत्कृष्ट पुरुष, महिला, पिपल्स च्वाइस तथा प्रशिक्षक विधाका विजेतालाई बजाजको एनएस १६० मोटरसाइकल पुरस्कार प्रदान गरिनेछ। अन्य विधाका विजेतालाई ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्परहरू प्रदान गरिने आयोजकले जनाएको छ।

प्रकाशित: १३ असार २०७६ ०४:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App