८ वैशाख २०८१ शनिबार
अर्थ

आठ ब्रोकरलाई मार्जिन कारोबार अनुमति

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आठ ब्रोकरलाई मार्जिन कारोबारको अनुमति दिएको छ। बिहीबार आयोजित कार्यक्रममा नेप्सेका प्रमुख चन्द्रसिंह साउदले राष्ट्र बैंकले अनुमति दिएका ब्रोकरलाई औपचारिक रुपमा प्रमाणपत्र वितरण गरेका छन्।

नेप्सेले आइतबारदेखि कारोबार गर्ने गरी क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज ब्रोकर नम्बर ५०, भिजन सेक्युरिटिज ब्रोकर नम्बर ३४, नेपाल स्टक हाउस ब्रोकर नम्बर १४, सेक्युर्ड सेक्युरिटिज ब्रोकर नम्बर ३६, श्रीकृष्ण सेक्युरिटिज ब्रोकर नम्बर २८, प्राइमो सेक्युरिटिज ब्रोकर नम्बर १६, कोहिनुर इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज ब्रोकर नम्बर ३५ र दीपशिखा धितोपत्र कारोबार कम्पनी ब्रोकर नम्बर ३८ लाई उक्त अनुमति प्रदान गरिएको हो।

यी ब्रोकरले मार्जिन कारोबारको अनुमतिपछि लगानीकर्ताले ब्रोकरमार्फत नै ऋण पाउन सक्ने जनाइएको छ। ब्रोकर कम्पनीले अब सेयरमा कुल मूल्यको आधा रकम लगानीकर्तालाई दिन सक्नेछन्।

ग्राहकले धितोपत्र दलाल व्यवसायीसँग मार्जिन कारोबार अन्तर्गत धितोपत्रको खरिद गरी राफसाफ गर्दाको कुनकुन कारोबार मार्जिन कारोबार हो त्यसलाई अलग्गै अभिलेख राख्ने, नेप्से तथा धितोपत्र बोर्डमा त्यसको रिपोटिङ गर्ने व्यवस्था मिलाइएको जनाइएको छ।

हालसम्म ब्रोकरमार्फत मार्जिन सुविधा नहुँदा लगानीकर्तालाई सेयर धितो राखी बैंकमार्फत नै ऋण लिनुपर्ने बाध्यता रहँदै आएको थियो।

प्रकाशित: १३ असार २०७६ ०३:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App