४ वैशाख २०८१ मंगलबार
अर्थ

रसुवामा प्याराग्लाइडिङको परीक्षण

रसुवा – रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ दुर्सागाङबाट प्याराग्लाइडिङको सफल परीक्षण गरिएको छ। नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै जिल्लामा पहिलो पटक बिहीबार बिहान साढे ११ बजे पहिलो फ्लाइट गरिएको हो। बिहीबार तीनवटा फ्लाइट गरिएको पाइलट विजय चौलागाईँले बताए।

एउटा सोलो (सिंगल) र दुईवटा ट्यान्डम (डबल) फ्लाइट गरिएको हो। यस क्षेत्र प्याराग्लाइडिङ गर्न उपयुक्त रहेको उनले बताए। ‘उडानका लागि कुनै पनि समस्या देखिँदैन,’ उनले भने, ‘तर अवतरणका लागि सम्म परेको जग्गा बनाउन आवश्यक देखियो।’ दुई हजार दुई सय मिटरबाट उडेर तीन हजार ७ सय मिटर माथिसम्म पुगेको थियो। प्रतिफ्लाइट करिब १२ मिनेट गरिएको थियो।

भुल्दी गाङ प्याराग्लाइडिङ उपभोक्ता समितिले कार्यक्रम आयोजना गरेको हो। गोसाइँकुण्ड गाउँपालिका पर्यटकीय क्षेत्र भएका कारण पर्यटन प्रवद्धनका लागि प्याराग्लाइडिङ सञ्चालन सुरु गरिएको समितिका अध्यक्ष शेराप साङ्बो तामाङले बताए। गोसाइँकुण्ड गाउँपालिकाले भ्रमण वर्ष २०१९ घोषणा गरेको बताउँदै गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले स्याफ्रुबेसी गोसाइँकुण्ड पदमार्ग सञ्चालन, धुन्चे गोसाइँकुण्ड केबलकार निर्माण गर्ने प्रक्रिया अघि बढाइएको बताए।

प्रकाशित: १३ असार २०७६ ०३:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App