coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कोइकाद्वारा नुवाकोटमा ६ वटा स्वास्थ्य चौकी निर्माण

काठमाडौं – कोरिया सरकारले नेपालको नुवाकोट जिल्लामा ६ वटा स्वास्थ्य चौकी निर्माण गरेको छ। निर्माण पुरा भएका चौकीहरु मंगलबार एक समारोहबीच नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो। भूकम्पले ध्वस्त भएका स्वास्थ्य चौकीको पुर्नस्थापना तथा भूकम्पपछिको स्वास्थ्य सेवा पुनर्निर्माणको रुपमा सो स्वास्थ्य केन्द्रहरु हस्तान्तरण गरिएको कोइका नेपालले जनाएको छ।

मंगलबार नेपालका लागि कोरियाली राजदूत योङ्ग सिकले नेपाल सरकारका पुनर्निर्माण इकाइका सचिव प्रणय उपाध्यायलाई हस्तान्तरण गरेका हुन्। सन् २०१८ बाट निर्माण सुरु भएका स्वास्थ्य केन्द्रहरु असारमा हस्तान्तरण गरिएको हो। जसअनुसार नुवाकोटका सूर्यमुखी, लिखु, घ्याङफेदी, थाप्रेक, चौगाडा र पञ्चकन्या गाउँपालिकामा निर्माण भएका हुन्। स्वास्थ्य चौकीमा कोइका नेपालले आवश्यक सामान्य उपकरण तथा सामग्रीको पनि व्यवस्था गरिएको छ।

प्रकाशित: १३ असार २०७६ ०२:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App