७ वैशाख २०८१ शुक्रबार
राजनीति

महावाणिज्यदूत–प्रधानमन्त्री भेट

काठमाडाैँ – प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि विभिन्न अवैतनिक महावाणिज्य दूतहरूले भेटघाट गरेका छन्। बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा नेपालका राष्ट्रिय प्राथमिकतालाई सम्बन्धित देशमा कसरी प्रवद्र्धन गर्र्ने भन्ने बिषयमा छलफल भएको छ। भेटमा नेपाल भ्रमण वर्ष सन् २०२० को अवसरमा धेरैभन्दा धेरै मुलुकका पर्यटक नेपालमा भित्र्याउने विषयमा पनि छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए।

‘हामी अहिले जुन परिवर्तित अवस्थामा आइपुगेका छौँ। हाम्रा राष्ट्रिय प्राथमिकता जुन फरक भैरहेका छन्, ती फरक राष्ट्रिय प्राथमिकतालाई ती देशमा कसरी प्रवद्र्धन गर्न सकिन्छ भन्नेबारे छलफल भयो,’ डा. भट्टराईले भने। सन् २०२० लाई भ्रमण वर्षको रूपमा मनाउँदा धेरै मुलुकलाई कसरी समावेश गराउन सकिन्छ भन्ने विषयमा मुख्य छलफल भएको भट्टराईले बताए।

प्रधानमन्त्री ओलीले नेपालमा वैदेशिक लगानी भिœयाउनका लागि पहल गर्न पनि महावाणिजयदूतलाई आग्रह गरेको भट्टराईले जानकारी दिए। ‘हामीले लगानी भिœयाउँन चाहिरहेका छौँ। दुईपक्षीय व्यापार बढाउन चाहिरहेका छौँ र प्रविधि र पुँजी हामीले देश भिœयाउँन खोजिरहेका छौँ। यो कामका लागि उहाँहरूका तर्फबाट कसरी सम्भव हुन्छ भन्ने विषयमा पनि छलफल भयो,’ भट्टराईले भने।

भेटमा विभिन्न कामको सिलसिलामा विदेशमा पुगेका नेपालीहरुको सुरक्षाका मामलामा, त्यहाँ भएका अप्ठ्यारा स्थितिको बारेमा नेपाललाई पूर्ण रूपमा सहयोग हुनुपर्ने प्रधानमन्त्री ओलीको धारणा थियो। प्रधानमन्त्री ओलीले नेपालको राष्ट्रिय आकांक्षा सुखी नेपाली, समृद्ध नेपालको लक्ष्य हासिल गर्न लागि छिमेकी देशहरुबाट भइरहेको सहयोगलाई धन्यवाद व्यक्त गरेका थिए।

प्रकाशित: १३ असार २०७६ ०२:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App