८ वैशाख २०८१ शनिबार
समाज

‘र्‍याडिसन’को स्तर वर्गीकरण सदर

काठमाडौं – सर्वोच्च अदालतले ओरेन्टियल होटल (होटल -याडिसन)लाई पाँचतारे होटलको रुपमा दिइएको स्तर वर्गीकरण बदर नगर्न फैसला गरेको छ । न्यायाधीशद्वय हरिकृष्ण कार्की र मनोजकुमार शर्माको संयुक्त इजलासले ओरेन्टियल होटल्सले माग गरेको रिट निवेदन बिहिबार जारी गरेको हो । ओरेन्टल्स, होटल ¥याडिसनअन्तर्गतको हो ।

होटल र्‍याडिसनले पाँचतारे होटलको रुपमा स्तर वर्गीकणको माग गरेको थियो । ०७४ असार २२ मा ¥याडिसनले पाँचतारे होटलको स्तर वर्गीकरण गरी पाउँ भनी पर्यटन विभागमा निवेदन दिएको थियो । विभागले ¥याडिसनअन्तर्गतको ओरेन्टल्स होटलले क्यासिनो पनि सञ्चालन गरेको थियो । ओरेन्टल्स होटलले क्यासिनोले राज्यलाई तिर्नुपर्ने शुल्क बाँकी भएकाले होटलको स्तर वर्गीकरण प्रक्रिया अघि नबढ्ने पर्यटन विभागले जानकारी दिएको थियो ।

ओरेन्टल्सले आव २०६९÷०७० देखि ०७२ सम्म क्यासिनो रोयल्टीबापतको ६ करोड ७३ लाख रुपैयाँ बुझाउन बाँकी रहेको पर्यटन विभागले जनाएको छ । विभागका तत्कालीन महानिर्देशक दिनेश भट्टराई विदामा भएको बेला निमित्त महानिर्देशकको जिम्मेवारी पाएका कृष्ण लम्सालले एकै दिनमा होटल निरीक्षण गरेको भन्दै २०७४ असार २५ मा पाँचतारे होटलको अनुमती दिएका थिए । यसअघि नै अस्विकृत गरिएको निवेदन महानिर्देशक बिदामा रहेको दिनमै अर्को निवेदन दिएर तुरुन्तै पाँचतारे होटलको स्तर वर्गीकरण नवीकरण गरिएको थियो ।

त्यसपछि लगत्तै महानिर्देशक हाजिर भएपछि निर्णय त्रुटीपूर्ण भएको भन्दै पाँचतारेको अनुमती दिने निर्णय बदरको लागि पर्यटन मन्त्रालयमा निवेदन दिएका थिए । महानिर्देशकको निवेदनपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिवस्तरीय २०७४ कात्तिक १४ को निर्णयले स्तर वर्गीकरण नविकरण रद्द गर्ने निर्णय गरेको थियो । क्यासिनोको रोयल्टी नतिरी पाँचतारे होटलको नवीकरण बदर गर्ने निर्णय भएको हो । सचिवले गरेको निर्णय कानुन सम्मत नभएको दाबीसहित बदरको माग गर्दै होटल ओरेन्टल्स सर्वोच्च अदालत पुगेको थियो । ओरेन्टल्सले माग गरेबमोजिम सर्वोच्चले रिट जारी गरेको छ । होटल ¥याडिसन र ओरेन्टल्स बीचमा रोयल्टी कसले तिर्ने भन्ने विषय विवाद अदालत पुगेको थियो ।

प्रकाशित: १३ असार २०७६ ०२:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App