coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

डिपीआरमा सेनाको असन्तुष्टिपछि सरकार दबाबमा, कांग्रेसले सचेत गरायो

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाडौं–निजगढ दू्रतमार्ग (फास्ट ट्रयाक) आयोजनाको डिपीआर सरकारले छिट्टै स्वीकृत गर्ने बताएका छन्।

मन्त्री महासेठले सो आयोजनाको डिपीआर नेपाली सेनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पेश गरेको स्वीकार गर्दै त्यसलाई छलफल गरेर छिट्टै स्वीकृत गर्ने प्रतिबद्धता व्यक्त गरे। बिहीबार संघीय संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा बोल्दै उनले डिपीआरको अभावमा सो आयोजनाको काममा कुनै अवरोध नभएको दावी गरे।

यता, नेपाली सेनाले भने सो आयोजनाको डिपीआर स्विकृत नहुँदा काममा ढिलाई हुने देखिएको जनाएको थियो। तर, मन्त्री महासेठले डिपीआरको अभावमा सो आयोजनाको काममा कुनै अवरोध नभएको दावी गरेका हुन्। यसबाट सेनाले डिपीआरमा असन्तुष्टि जनाएसँगै सरकार दबाबमा परेको देखिन्छ। 

मन्त्री महासेठले तोकिएकै समयमा सो आयोजनाको काम सम्पन्न हुने गरी सरकारले आवश्यक सबै व्यवस्था नेपाली सेनालाई मिलाई दिएको पनि समितिलाई जानकारी दिए। डिपीआरको गहिरो अध्ययन गरेपछि सरकारले त्यसलाई स्विकृत गर्ने मन्त्री महासेठको भनाई छ।  मन्त्री महासेठले सरकारले हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग निर्माणको कामलाई प्राथमिकताका साथ अघि बढाएको पनि बताए। 

बैठकमा समितिका सदस्यहरुले काठमाडौं–निजगढ दू्रतमार्ग आयोजनाको डिपीआर स्वीकृत नगरेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए। समितिका सदस्य एवम् नेपाली काँग्रेसका सांसद राधेश्याम अधिकारीले सो आयोजनाको डिपीआर स्वीकृत नगरेको भन्दै सरकारको आलोचना गरे।

सांसद अधिकारीले सो आयोजनाको काम समयमै सम्पन्न हुने गरी आवश्यक व्यवस्था नेपाली सेनालाई मिलाई दिन पनि सरकारलाई सचेत गराएका थिए।

प्रकाशित: १२ असार २०७६ १४:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App