coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

दुई सातापछि उपचारमा फर्किए चिकित्सक

डडेल्धुरा– सुत्केरीको मृत्युपछि सेवा अवरुद्ध भएको डडेल्धुरा अस्पतालमा चिकित्सक उपचारमा फर्किएका छन्। 

सुत्केरी भएको १६ दिनपछि अमरगढी नगरपालिका ६ की २५ बर्षीया गीता ताम्राकारको उपचारका क्रममा मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको थियो। नागरिक समाजको अगुवाईमा बिहीबार बसेको सर्वपक्षीय बैठकमा सहमति भएपछि चिकित्सक सेवामा फर्किएका हुन्। 

१६ दिनकी सुत्केरी गीताको मृत्युपछि आफन्तले चिकित्सकले लापरवाही गरेको भन्दै अस्पतालमा तोडफोड गरेका थिए। साथै उपचारमा संलग्न चिकित्सकलाई कारवाहीको माग राख्दै जिल्ला प्रशासन कार्यालय घेराउ गरी सडक जाम गरेका थिए। 

अस्पताल प्रशासनले भने प्रयास गर्दागर्दै ताम्राकारको मृत्यु भएको स्पष्ट पार्दै अस्पताल हाताभित्र भएको तोडफोडमा संलग्नलाई कारवाहीको माग गर्दै स्वास्थ्यकर्मी बिदामा बसेका थिए। प्रमुख जिल्ला अधिकारीले समेत सुरक्षामाथि आँच आउने गरी चिकित्सकलाई धम्काएको भन्दै अस्पतालमा कार्यरत ११ जना चिकित्सक बिदामा बसेपछि सुदूरपश्चिम प्रदेशको एक मात्र संघीय सरकारको मातहतमा रहेको डडेल्धुरा अस्पतालमा सामान्य औषधि उपचार ओपिडी बाहेक अन्य सेवा ठप्प थियो।
विशेष विशेषत्र सेवासहित उप क्षेत्रीय अस्पतालबाट स्तरोन्नती गरी डडेल्धुरा अस्पताल बनाइएको अस्पतालमा दक्ष जनशक्तिको

अभाव रहँदा रहँदै सुत्केरीको मृत्युपछि उत्पन्न तनावले अस्पतालमा उपचार नहुँदा पहाडी क्षेत्रका सात वटै जिल्लाका विरामी एवं प्रायगरी सुत्केरी हुने महिला निकै प्रभावित भए। विवादपछि अस्पताललाई पुरानै स्थानमा ल्याउन नागरिक समाजले यसअघि प्रेस विज्ञप्तिमार्फत ध्यानाकर्षण पत्र पनि सार्वजनिक गरेको थियो।

बिहीबारको छलफलमा सकरात्मक निर्णय भएको नागरिक समाजका संयोजक रमेश जोशीले बताए। 

सुत्केरीको मृत्युको कारण पत्ता लगाउन उच्चस्तरीय छानविन समितिले अनुसन्धान थालेको छ। छानविन समितिले अनुसन्धान थाली जिल्ला बाहिरको चिकित्सकबाट शवको पोष्टमार्टमपछि असार २ गते मृतक ताम्राकारको अन्त्येष्टि गरिएको थियो। छानविन समितिले थालेको अनुसन्धानको रिपोर्ट अहिलेसम्म सार्वजनिक गरिएको छैन। 

प्रकाशित: १२ असार २०७६ १४:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App