८ वैशाख २०८१ शनिबार
समाज

भारतीय राष्ट्रपति आउँदा १५-१५ मिनेटमा ट्राफिक अपडेट

भारतीय राष्ट्रपति मुखर्जी

काठमाडौं—भारतीय राष्ट्रपति प्रणव मुखर्जीको कात्तिक १७ देखि १९ गतेसम्म हुने नेपाल भ्रमणका बेला सर्वसाधारणको सवारी आवागमनलाई सक्दो सहज बनाउने प्रयास भइरहेको नेपाल प्रहरीले जनाएको छ।

प्रहरी प्रवक्ता हेमन्त मल्ल ठकुरीले भारतीय राष्ट्रपतिको भ्रमण अवधिमा अन्य सवारीसाधनको आवागमन ठप्प हुनसक्ने भय जनमानसमा देखिएको भन्दै त्यो गलत भएको बताए।

‘भारतीय राष्ट्रपतिको सवारी हुने बेलामा मात्रै त्यस रुटमा केही समयका लागि अन्य सवारी रोकिन्छ। सवारी सकिएपछि तत्कालै उक्त रुटमा सवारी खुला हुन्छ’, उनले भने।

सवारी नभएको अन्य रुटमा भ्रमणको क्रममा सवारी आवागमन नरोकिने उनले स्पष्ट पारे। सवारी भएको रुटमा वैकल्पिक रुटको प्रयोग गर्न समेत प्रहरीले जनसाधारणसँग आग्रह गरेको छ। सवारीका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त नहोस् भन्ने हेतुले ट्राफिक प्रहरीको परिचालनलाई चुस्तदुरुस्त बनाइएको प्रवक्ता ठकुरीको भनाइ छ।

भ्रमण अवधिभर ट्राफिक प्रहरीले सञ्चालन गरेको ९५ दशमलव ६ मेगाहर्जको एफएमबाट १५-१५ मिनेटमा सवारी ‘अपडेट’ दिइने र सोही अनुरुप यात्रा तय गर्न सबैसँग उनले आग्रह गरे। त्यस्तै, १०३ मा डायल गरेर सवारी चापको अवस्थाबारे जानकारी लिन सकिने व्यवस्था पनि गरिएको छ। रासस

प्रकाशित: १५ कार्तिक २०७३ ०६:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App