coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

गुठी संस्थान खारेज गर्न सांसदकाे माग

काठमाडाैं– प्रतिनिधिसभाका सांसदहरुले गुठी संस्थान खारेज गर्न सरकारसँग माग गरेका छन।

प्रतिनिधिसभाका सांसद प्रेम सुवालले गुठी संस्थान खारेज गर्न सरकारसँग माग गरेका हुन्। बिहीबार संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि सम्बन्धी विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै उनले सम्पदा र संस्कृतिहरुको संरक्षण गर्ने अधिकार गुठीलाई दिने व्यवस्था खारेज गरेर सम्बन्धित स्थानीय तहलाई नै दिन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए। सांसद सुवालले नेपाल ट्रष्ट पनि तत्काल खारेज गर्न सरकारको ध्यानाकर्षण गराए। नेपाल ट्रष्टले गर्ने काम पनि स्थानीय तहले गर्ने भएकाले त्यसमा संघीय सरकारले हस्तक्षेप गरिरहन नपर्ने उनको तर्क छ।

अर्का सांसद पार्वत गुरुङले भूमिहीनहरुको समस्या समाधानका लागि 'विशेष आवास क्षेत्र’ को व्यवस्था गर्न सरकारसँग माग गरे। उनले सुकुम्बासी समस्या समाधानको नाममा हुने वन क्षेत्रको विनाश रोक्न पनि सरकारलाई सचेत गराए।

सांसद गुरुङले वन क्षेत्रको अतिक्रमणले भूमिहीनहरुको समस्या समाधान नहुनेतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए।

प्रकाशित: १२ असार २०७६ ०८:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App