काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बुधबार बिहान एक्लाएक्लै बालुवाटारमा भेटवार्ता भएको छ। पार्टीमा देखिएको अन्तरविरोध समाधान गर्नेगरी बुधबार बिहान प्रधानमन्त्री निवासमा भेटवार्ता भए भएको हो।
भेटवार्ताको क्रममा राजनीतिक दस्तावेज सार्वजनिक गर्ने, नेताहरूको कार्यविभाजन र मन्त्रिमण्डल हेरफेर लगायत विषयमा कुरा भएको थियो। स्रोतका अनुसार ओली र दाहालबीच झण्डै एक घन्टा पार्टीको आन्तरिक विवादका विषयमा छलफल भएको थियो। पार्टीभित्र जनताको बहुदलीय जनवाद कि जनताको जनवाद कुन मुख्य मार्गदर्शक सिद्धान्त बनाउने भन्ने विषयमा पार्टीभित्र मतभेद छ। पूर्वएमालेका नेताहरू बहुदलीय जनवादको पक्षमा छन् भने पूर्वमाओवादी नेताहरूले जनताको जनवादलाई मार्गदर्शक सिद्धान्त बनाउनपर्छ भनेर बहस अगाडि ल्याइरहेका छन्।
प्रकाशित: १२ असार २०७६ ०३:१८ बिहीबार