coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

ट्रक दुर्घटनामा सात प्रहरी घाइते

बनेपा – सशस्त्र प्रहरी गुल्म बाग्मतीको ना१ग ४८४ नम्बरको मिनीट्रक बनेपा–पनौती सडकखण्डको बाँसघारीमा बुधबार दुर्घटना हुँदा सात प्रहरी घाइते भएका छन्। गम्भीर घाइते प्रहरी हवल्दार बलराम तामाङलाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ भने अन्यको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए।

पनौती ठाडोबाटोस्थित गुल्मबाट २१ प्रहरी लिएर बनेपातर्फ गइरहेको मिनीट्रक सडकमा रोकिराखिएको बा१३च ५०७५ नम्बरको बोलेरो जिपलाई ठक्कर दिँदा अनियन्त्रित भएको थियो। प्रत्यक्षदर्शीका अनुसार प्रहरीको मिनीट्रक निकै तीव्र गतिमा थियो। तत्काल घटनास्थलमा पुगेका पनौती नगरपालिकाका मेयर भीम न्यौपानेले घाइते प्रहरीहरूलाई अस्पताल लगेका थिए।

यस्तै, बुधबार नै हेलम्बु राजमार्गको मण्डनदेउपुर–७ कुन्ताबजारमा बा२१प ८२८० नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टँदा विपरीत दिशाबाट आइरहेको बा३ख ९०३० नम्बरको मिनिट्रकले ठक्कर दिँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा चांैरीदेउराली–८ घर भई कुन्ताबेंसीस्थित ग्रिल पसलमा काम गर्ने करिब २४ वर्षका सचिन माझी छन्। प्रहरीले ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ।

प्रकाशित: १२ असार २०७६ ०२:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App