८ वैशाख २०८१ शनिबार
समाज

विद्यालयमै निःशुल्क सेनेटरी प्याड

ओखलढुंगा – जिल्लाको सुनकोसी गाउँपालिका–५ मुलखर्कस्थित चौतारा माध्यमिक विद्यालयले छात्राहरू महिनावारी हुँदा निःशुल्क सेनेटरी प्याड दिने व्यवस्था गरेको छ। महिनावारीको समयमा छात्राहरू विद्यालय नआउने क्रम बढ्दै गएपछि त्यसलाई रोक्न विद्यालयमै सेनेटरी प्याड वितरणको व्यवस्था गरिएको हो। सुनकोसी–५ को सहयोगमा विद्यालयमा एक हजार थान प्याडको व्यवस्था गरिएको छ।

रजश्वलाको समयमा छात्राहरू महिनामा करिब पाँच दिनजति विद्यालय नआउने र उनीहरूको नियमित पढाइमा बाधा पुग्ने देखिएपछि नियमित विद्यालय आउने परिस्थिति सिर्जना गर्न त्यस्तो व्यवस्था गरिएको वडाध्यक्ष गोविन्दराम तामाङले बताए।

सेनेटरी प्याड प्रयोग गर्दा छात्राको स्वास्थ्य अवस्था सुरक्षित हुने र अध्ययनमा बाधा नपर्ने उनको भनाइ छ। ‘छात्राहरूले लजाएर, अपठ्यारो मानेर बस्ने समय होइन,’ वडाध्यक्ष तामाङले भने, ‘विद्यालयमै रहेका बेला रजश्वला भए वा घरैमा भए पनि विद्यालय आएर प्याड मागेर प्रयोग गरी निर्धक्क भई पढाइलाई अघि बढाउनुपर्छ।’ उनले विद्यालयमा सेनिटरी प्याड अभाव हुन नदिने प्रतिबद्धतासमेत जनाए।

प्रकाशित: १२ असार २०७६ ०२:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App