८ वैशाख २०८१ शनिबार
समाज

‘राष्ट्रिय स्वास्थ्य नीति २०७६’ पारित

काठमाडौं – ‘राष्ट्रिय स्वास्थ्य नीत २०७६’ पारित भएको छ । मंगलबार बसेको बसेको मन्त्रिपरिषद्को बैठकले सो नीति पारित गरेको हो । नयाँ नीति संघीय संरचनाअनुसार बनाइएको र यसमा २५ वटा नयाँ नीति थपिएको स्वास्थ्य तथा जनसंख्या सचिव पुष्पा चौधरीले बताइन् । ‘अब यही नीतिमा टेकेर प्रदेश सरकारले स्वास्थ्य नीति बनाउन सक्छन्,’ उनले भनिन् ।

नयाँ स्वास्थ्य नीतिको प्रस्ताव स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत चैत १ मा मन्त्रिपरिषद्मा पठाएको थियो । सोही अनुसार चैतको पहिलो साता आपूmअन्तर्गतको सामाजिक समितिमा छलफलको लागि पठाइएको थियो । नीतिमा व्यापक छलफल भएपछि पुनः छलफलका लागि मन्त्रिपरिषद्मा पठाइएको थियो । नयाँ स्वास्थ्य नीति पारित भएसँगै नीतिगत प्रष्टताको अन्त्य भएको सचिव चौधरीले बताइन् ।

प्रकाशित: १२ असार २०७६ ०२:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App