कानुन मिचेर धमाधम क्रसर

बिहिबार, १२ असार २०७६, ०७ : ५८ मिथिलेश यादव

सिरहा - धनुषाको गणेशमान चारनाथ नगरपालिका–८ मा संकटमोचन ढुंगा–रोडा उद्योग (क्रसर) सञ्चालित छ। उद्योगसँग टाँसिएरै पश्चिपट्टि राष्ट्रिय प्राथमिक विद्यालय चितहा, लवटोली र घना बस्ती छ। क्रसर मेसिन चलेका बेला उद्योगको धुलोले बस्ती र विद्यालय परिसर कुइरीमण्डल हुन्छ। क्रसरको चर्को र धोद्रो आवाज विद्यार्थीको कानमा ठोकिएर पठनपाठनमा निरन्तर असर गर्छ।

गाउँ–बस्ती र विद्यालयसँगैको सो क्षेत्रमा क्रसर उद्योग सञ्चालन नगर्न स्थानीय तथा विद्यालय पक्षले घरेलु तथा साना उद्योग कार्यालय धनुषालाई गुहारे। विद्यालयमार्फत गाउँका अगुवाहरू घरेलु पुगेर असहमतिसहित निवेदन दर्ता गराए। तर, स्थानीयको विरोध भए पनि घरेलुले सो क्रसर उद्योगलाई अनुमति दियो। ‘हामी छक्क प¥यौं, जनस्तर र विद्यालयबाट विरोध हुँदाहुँदै सो क्षेत्रमा क्रसर सञ्चालन अनुमति कसरी दिइयो ?’ स्थानीय भगत महतोले भने, ‘भित्रभित्रै ठुलै शक्तिले काम गरेको हुनुपर्छ।’ उद्योगसँग टाँसिएको पूर्वतर्फको ४ (ग) को ६ नम्बर कित्ताको जग्गाधनी भगतका बुबा रामलोचन महतो हुन्। ‘चारकिल्ला प्रमाणित गर्दा बुबा (रामलोचन)को किर्ते हस्ताक्षर गरेर प्रमाण पेस गरिएको रहेछ,’ रामलोचनका छोरा भगतले बताए।

बालुवा प्रशोधन (धोइपखाली) गर्ने इजाजत पाएको उद्योगले गैरकानुनी रूपमा ढुंगा, रोडा, गिट्टी उत्खनन तथा बिक्री–वितरण गर्दै आएको छ।

घरेलु तथा साना उद्योग कार्यालय धनुषाका प्रमुख संजीव द्विवेदी भने सो उद्योग कानुनी प्रावधान पूरा गरेर अनुमति प्रदान गरिएको दाबी गर्छन्। ‘क्रसर उद्योगको अनुमति दिँदा उद्योग विभाग काठमाडौंकै टोली आएर स्थलगत अनुगमन गरेपछि मात्र हामीले अनुमति दिने हो,’ उनले भने। तर, उद्योग विभागको टोली आएको आफूहरूले नदेखेको स्थानीयको भनाइ छ। संकटमोचन क्रसर उद्योग कमला नदीको पश्चिमी बाँधनजिकै सञ्चालित छ। कानुन मिचेर सो क्रसर उद्योगलाई दर्ता अनुमति दिएको भन्दै स्थानीयले घरेलु तथा साना उद्योग कार्यालय धनुषासमेतलाई विपक्षी बनाएर उच्च अदालत जनकपुरमा रिट हालेका छन्। देशैभरि सञ्चालनमा रहेका मापदण्डविपरीतका क्रसरलाई मापदण्डमा ल्याउन बहस भइरहे पनि मापदण्ड मिचेर नयाँ क्रसर उद्योगलाई अनुमति दिने क्रम भने रोकिएको छैन। घरेलु तथा साना उद्योग कार्यालय लहानले हालै कर्जन्हा नगरपालिका–७ मा कमलामाई क्रसर उद्योगलाई कानुन मिचेर नयाँ दर्ता दिएको छ।

घरेलु तथा साना उद्योग कार्यालयले धनुषा र महोत्तरी जिल्लाका चारजना सञ्चालक रहेको सो क्रसरलाई फागुन ८ गते सञ्चालन अनुमति दिएको हो। कर्जन्हा नगरपालिकाको सिफारिस र प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन (आइइई) रिपोर्टको आधारमा कमलामाई क्रसर उद्योगलाई दर्ता अनुमति दिएको घरेलु तथा साना उद्योग कार्यालय लहानले जनाएको छ। जनकपुर उपमहानगरपालिका–२ का रामबाबु साह, महोत्तरीका खलिल राइन, जनकपुर उपमहानगरपालिका–२ का रुबी साह र महोत्तरीका इसराइल राइन सो क्रसर सञ्चालकहरू हुन्। कानुनले नगरपालिका क्षेत्रमा क्रसर उद्योगलाई नयाँ दर्ता नदिन भनेको छ। तर घरेलु तथा साना उद्योग कार्यालयका Œकालीन निमित प्रमुख लक्ष्मी पौडेलले आफूले अनुमति दिने क्रममा प्रचलनमा रहेको प्रक्रिया हेरेको, कानुनी प्रावधानतिर ध्यान नदिएको प्रतिक्रिया दिए। ‘मैले त कानुन भन्दा पनि पेस भएको फाइलमा संलग्न कागज–प्रमाण हेरेर दर्ता अनुमति दिएँ,’ उनले भने।

ढुंगा, रोडा उद्योग (क्रसर) स्थापनासम्बन्धी ऐनमा उल्लिखित मापदण्डअनुसार नगरपालिका क्षेत्रमा यो उद्योग स्थापना गर्न नपाइने प्रष्ट छ। कानुन मिचेर क्रसर उद्योगको दर्ता अनुमति दिनुअघि यस कार्यालयबाट कानुन मिचेरै बालुवा प्रशोधन केन्द्र पनि दर्ता भएको पाइएको छ। २०७५ भदौ ३ गते घरेलु तथा साना उद्योग कार्यालय लहानले गोेलबजार नगरपालिका–९ मा पुष्पदीप बालुवा–गिट्टी प्रशोधन केन्द्रलाई दर्ता अनुमति दिएको छ। त्यस्तै घरेलु तथा साना उद्योग कार्यालय लहानले २०७५ साउनमा गोलबजार नगरपालिका–८ स्थित गोलबजार गिट्टी–बालुवा उद्योगले अनुमति पाएको छ। २०७५ मंसिरमा धनगढीमाई–८ मा तिरुपति गिट्टी बालुवा प्रशोधन उद्योगलाई दर्ता अनुमति दिइएको छ। सोही अवधिमा धनगढीमाई नगरपालिका–९ मा भीम बालुवा गिट्टी प्रशोधन केन्द्र र धनगढीमाई नगरपालिका–१३ मा लरुख भगवती गिट्टी बालुवा प्रशोधन उद्योगलाई अनुमति दिएको छ।

२०७४ सालमा घरेलु तथा साना उद्योग कार्यालय लहानले सिरहाको कर्जन्हा नगरपालिका–३ मा प्रशान्त बालुवा प्रशोधन उद्योग दर्ता अनुमति दियो। यो उद्योगको उद्देश्यमा प्रस्ट उल्लेख छ– बालुवा प्रशोधन गर्ने। यसको अर्थ हो बालुवा धोएर सफा बनाई बिक्री वितरण गर्ने। उद्योग कार्यालयले दर्ता दिँदा सर्तसमेत प्रमाणपत्रमै उल्लेख गरिदिएको छ। ‘बालुवा धुलाई गरिसकेपछि प्रदूषित पानीलाई दुईवटासम्म पोखरीमा थिग्य्राई सफा पानीमात्र नदीमा प्रवाह गर्न अनिवार्य व्यवस्था गर्ने,’ भन्ने सर्त तोकिएको छ। यो उद्योगका सञ्चालक धर्मेन्द्र साहले सञ्चालन अनुमति माग्दा घरेलु कार्यालयले Œकालीन जिल्ला विकास समितिलाई २०७४ साउन १४ मा पत्राचार गरी उद्योगलाई चाहिने कच्चा माल (बालुवा) को स्रोतबारे जानकारी मागेको थियो। जिल्ला विकास समितिले २०७३ भदौ २३ गते घरेलु कार्यालयलाई चलानी नम्बर २४२ को पत्र पठायो। पत्रमा उद्योगमा चाहिने कच्चा मालको स्रोत कमला नदी, घुर्मी खोला, जिवा खोला, बतहा खोला भएको उल्लेख छ।

यस उद्योगले उद्देश्य (प्रयोजन) मात्र मिचेको छैन। कच्चा पदार्थ (ढुंगा, रोडा) समेत गैरकानुनी रूपमा उत्खनन तथा भण्डारण गरेको पाइएको छ। बालुवा प्रशोधन (धोइपखाली) गर्ने इजाजत पाएको उद्योगले गैरकानुनी रूपमा ढुंगा, रोडा, गिट्टी उत्खनन तथा बिक्री–वितरण गर्दै आएको स्थानीय बताउँछन्।

ढुंगा रोडा उद्योग दर्तासम्बन्धी ऐनअन्तर्गत दर्ता हुने यो उद्योग स्थापनास्थल गाउँ–बस्ती, शिक्षण संस्था, धार्मिक, सांस्कृतिक, सुरक्षा पोस्ट, वन, निकुञ्ज, आरक्षबाट दुई किलोमिटर टाढा हुनुपर्छ। उद्योग खोला, नदी किनार तथा राजमार्गबाट पाँच सय मिटर टाढा हुनुपर्छ। यस उद्योगको हकमा नियम कानुन मेल खाँदैन। कमला किनारबाट यो उद्योगको दूरी चार सय मिटर छ। बस्तीमै टाँसेर उद्योग स्थापना भएको छ। अर्कोतर्फ उद्योगबाट निस्कने धुलोका कारण बस्ती प्रभावित भइरहेको छ। धनगढीमाई नगरपालिका–९ मा स्थापना भएको स्वेच्छा बालुवा प्रशोधन उद्योग पनि गैरकानुनी रूपमा दर्ता भई चलिरहेको छ। बालुवा प्रशोधन गर्ने उद्देश्य देखाई अनुमति लिएको सो उद्योगले ढुंगा, रोडा र ग्राभेल भण्डारण गरी प्रशोधन गरिरहेको छ। घरेलु तथा साना उद्योग कार्यालय लहानका अनुसार यो उद्योगले उल्लेखित सर्तमा रही बालुवा धुलाई गरी प्रशोधन गर्ने अनुमति पाएको हो। यो उद्योग पनि मापदण्ड मिचेरै स्थापना भएको पाइएको छ। उद्योगबाट करिब चार सय मिटर उत्तरपूर्व–पश्चिम महेन्द्र राजमार्ग छ। त्यत्तिकै दूरी उत्तर–पूर्वमा शिव मन्दिर, डिहवार थान र गुम्बा छ। त्यति नै दूरी पूर्वमा मुसहर्निया बस्ती छ।

सर्वोच्च अदालतको २०६७ साउन २१ को आदेश तथा वातावरण मन्त्रालयको २०६७ भदौ २३ को निर्णयअनुरुप मन्त्रिपरिषद्ले २०७० भदौ ७ गते क्रसर उद्योग सञ्चालन मापदण्ड र सर्त तोकेको छ। जसअनुसार प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन (आइइई) गराउनुपर्छ। आइइई प्रतिवेदनमा उल्लेखित सम्पूर्ण बुँदाहरू अनिवार्य रूपमा पालना गर्नुपर्छ। क्रसर मेसिनका लागि सेड अनिवार्य हुनुपर्छ। नगरपालिका क्षेत्रमा क्रसर उद्योग स्थापना गर्न पाइँदैन। गाउँ विकास समितिमा क्रसर उद्योग सञ्चालन गर्दा बस्तीबाट दुई किलोमिटर टाढा राख्नुपर्छ भने खोला किनारबाट पाँच सय मिटर टाढा हुनुपर्छ। राजमार्गबाट पाँच सय मिटर टाढा हुनुपर्छ। धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वको स्थानबाट दुई किलोमिटर टाढा हुनुपर्नेलगायत मापदण्ड तोकिएको छ।

‘नगरपालिका क्षेत्रमा क्रसर उद्योग स्थापना गर्न नपाइने नियम काठमाडौंलगायतको हकमा मात्र लागू हुनेगरी अर्को परिपत्र आएको जस्तो लाग्छ,’ घरेलु तथा साना उद्योग कार्यालय धनुषाका प्रमुख संजीव द्विवेदीले भने। तर, कुन मितिमा कहाँबाट के ब्यहोराको परिपत्र आएको हो भन्न्ने जिज्ञासामा उनले भने, ‘त्यो ठ्याक्कै थाहा भएन।’ प्रदेश २ को प्राकृतिक स्रोत तथा वातावरण समितिका सभापति रामचन्द मण्डलका अनुसार क्रसर, खोला, खानीलगायतमा भइरहेको अतिक्रमण तथा अवैध कामको अनुगमन सुरु गरिएको छ। ‘क्रसर तथा प्रशोधन उद्योगहरू कानुनी हैसियतअनुरूप सञ्चालन भइरहेका छन्÷छैनन् हामी अनुगमन गरिरहेका छौं,’ उनले भने, ‘त्यो हेरेर कानुनअनुसार कारबाही अघि बढाउनेछौं।’







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

Ncell Footer Ad