७ वैशाख २०८१ शुक्रबार
राजनीति

आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको भन्दै कांग्रेसकाे विरोध

काठमाडाैं- प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले कञ्चनपुरको पुनर्वास नगरपालिका–१० डोकेबजारमा शान्तिपूर्णरुपमा विरोधमा रहेका आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको भन्दै विरोध जनाएको छ।

काङ्ग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्तिमार्फत नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताले यही असार १० गते डोकेबजारमा काङ्ग्रेसका २० कार्यकर्तालाई घाइते बनाएको आरोप लगाएका छन्।

घटनामा कञ्चनपुर क्षेत्र नं १ का क्षेत्रीय सभापति गोपीप्रसाद उपाध्याय, बेलौरी नगरका नगर सचिव विक्रम चन्द, महाधिवेशन प्रतिनिधि हरेन्द्र विष्ट र नगर प्रमुखका उम्मेदवार तोयप्रसाद शर्मा, पुनर्वास नगरपालिका–२ का सभापति चन्द्रमणि गैर, नेपाल तरुण दलका कृष्णबहादुर चन्दलगायत कार्यकर्ता गम्भीर घाइते भएको काङ्ग्रेसले जनाएको छ।

घाइतेमध्ये गोपीप्रसाद उपाध्याय र विक्रम चन्दलाई काठमाडौँस्थित न्यूरो अस्पताल, बाँसबारीमा भर्ना गरिएको र बाँकीको कैलालीस्थित अञ्चल अस्पतालमा उपचार भइरहेको विज्ञप्तिमा जनाइएको छ। काङ्ग्रेसले घटनालाई गम्भीररुपमा लिइ घटनाका दोषीलाई कानूनी कारवाही गर्न र घाइतेको सम्पूर्ण उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। रासस

प्रकाशित: ११ असार २०७६ १६:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App