६ वैशाख २०८१ बिहीबार
राजनीति

उपराष्ट्रपतिको कार्यालय अब ग्रिन हाउसमा

काठमाडौं – बहादुर भवन कान्तिपथमा रहेको उपराष्ट्रपतिको कार्यालय उपराष्ट्रपति भवन, ग्रीन हाउस लैनचौरमा सरेको छ।  मन्त्रिपरिषद्ले लैनचौरस्थित समाज कल्याण परिषद्को कार्यालयलाई उपराष्ट्रपतिको निवास तथा उपराष्ट्रपतिको कार्यालय बनाउने निर्णय गरेपछि उक्त भवनको मर्मतसम्भार सुरु गरिएको थियो।

उपराष्ट्रपतिको निवास उक्त भवनमा यसअघिनै स्थानान्तरण भइसके पनि मर्मतसम्भारको काम बाँकी रहेकाले उपराष्ट्रपतिको कार्यालय औपचारिकरूपमा बुधबार मात्रै स्थानान्तरण भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ।

हरियाली भएको र थप वातावरणमैत्री बनाउनका लागि भवनमा हरियो रङनै लगाएर ‘ग्रीन हाउस’ नामाकरण गरिएको छ। उपराष्ट्रपतिको कार्यालय स्थापनाकालदेखि नै निर्वाचन आयोगको कार्यालय रहेको बहादुर भवन कान्तिपथको एक भागमा थियो। उपराष्ट्रपति निवास भने कपुरधारा मार्गमा थियो। अब उपराष्ट्रपतिको कार्यालय र निवास आफ्नै एकै ठाउँमा रहनेछ।

प्रकाशित: ११ असार २०७६ ११:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App