नेकपामा पूर्वएमाले र माओवादीका गुट, पौडेललाई महासेठको काउन्टर

बुधबार, ११ असार २०७६, १६ : ५० नागरिक संवाददाता

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा नेताहरु पूर्वएमाले र पूर्वमाओवादी केन्द्र खेमामा विभाजित भएका छन्। खासगरी आलोपालो अध्यक्ष र प्रधानमन्त्रीको सहमति तथा मन्त्रिमण्डल पुनर्गठनलाई लिएर नेताहरु विभाजित भएका हुन्। पूर्वएमाले पक्षधर पार्टी अध्यक्ष र प्रधानमन्त्री एकै व्यक्ति हुनुपर्ने तथा आलोपालो मान्य नहुने बताउँदै आएका छन् भने माओवादी पक्षधर आलोपालो अध्यक्ष र प्रधानमन्त्री सहमति अक्षरशः पालना हुनुपर्ने र वर्तमान मन्त्रिपरिषदको पर्फमेन्स कमजोर रहेको भन्दै पुनर्गठनको आवाज उठाउँदै आएका छन्।

यसको पछिल्लो उदाहरण रिपोर्टर्स क्लबमा देखिएको छ। मंगलबार (हिजो) नेकपा नेता (पूर्व माओवादी) देबेन्द्र पौडेलले आलोपालो प्रधानमन्त्री र अध्यक्षको सहमति कार्यान्वयन हुनुपर्ने बताएका थिए। 

नेता पौडेलले पार्टी एकता गर्दा नै दुवै अध्यक्षले आलोपालो बैठकको अध्यक्षता गर्ने र सरकार पनि आलोपालो चलाउनेबारे सहमति भएको सुनाउँदै सोही सहमतिअनुसार अघि बढ्नुपर्नेमा जोड दिएका थिए। ‘हामी एकताको पक्षमा छौं। एकता रहरको लागि गरिएको होइन। त्यसैले विगतमा भएका सहमति इमान्दारिताका साथ कार्यान्वयन गर्नुपर्छ’, उनको भनाई थियो। पौडेलले बजेट कार्यान्वयनसँगै मन्त्रिमण्डल पुनर्गठन हुने पनि बताएका थिए।

बुधबार रिपोर्टर्स क्लबमै पुगेर भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवं नेकपामा पूर्वएमाले समूहका नेता रघुवीर महासेठले पौडेलको अभिव्यक्तिलाई काउन्टर दिएका छन्। उनले तत्काल मन्त्रिमण्डल पूनर्गठन नहुने दाबी गरे। मन्त्रिमण्डल पूनर्गठन हुन्छ भन्ने हल्ला भएको र यो सरकारलाई कमजोर बनाउनको लागि चलाइएको अफवाह भएको उनको भनाई छ। 

महासेठले अबको पाँच वर्षका लागि केपी ओली नै प्रधानमन्त्री भएको बताउँदै आलोपालो प्रधानमन्त्रीको सहमतिलाई पनि चुनौती दिए। ‘हाम्रो पार्टीभित्र कुनै पनि अन्तरविरोध छैन। मैले बुझेअनुसार केपी ओली नै अबको पाँच वर्ष प्रधानमन्त्री हो। अहिले जे बजारमा हल्ला चलिरहेको छ, यसमा कुनै सत्यता छैन।’  





यसमा तपाईको मत

अन्य समाचार

माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा थप बीमा सुबिधा

माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा थप बीमा सुबिधा

माछापुच्छ्र्रे बैंकले स्मार्ट बचत खाता खोल्ने ग्राहकहरुलाई १० लाख सम्मको दुर्घटना बीमाको साथमा १८ जटिल प्रकृतिका रोगहरुको उपचारमा ३ लाख...

साधनाको एकीकृत कारोबार सुरु

साधनाको एकीकृत कारोबार सुरु

साधना लघुवित्त वित्तिय संस्थाले आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थालाई प्राप्त गरी साधना लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार प्रारम्भ गरेको...

बजार खुल्दा किन्नेको भिड

बजार खुल्दा किन्नेको भिड

साताको दुई दिन लगातार बढेको नेप्से परिसूचक तेस्रो दिन मंगलबार पनि बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार...

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसी फाइनान्स र ब्लुक्रस हस्पिटलको संयुक्त आयोजनामा विविध कार्यक्रम सञ्चालन भएको छ । ...

देवःको एकीकृत कारोबार सुरु

देवःको एकीकृत कारोबार सुरु

देवः विकास बैंकले वेस्टर्न डेभलपमेन्ट बैंक प्राप्त गरी एकीकृत कारोबार प्रारम्भ गरेको छ । ...

पानीमा कोकको सहयोग

पानीमा कोकको सहयोग

स्मार्ट पानी कम्पनीले बोर्टलस नेपालको सहयोगमा वर्षात्मा परेको पानी जम्मा गर्ने प्रणाली र जमिनमुनिको पानी रिचार्ज गर्ने प्रविधि कान्ति बाल...

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा रिंगटोन बनाउनका लागि केही साना तर झन्झटिला कार्यहरू गर्नु पर्ने हुन्छ | यस लेखबाट आइफोनमा आफूलाई मन लागेको गीतलाई...

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैन्डले ‘मेगा मनसुन फ्री चेकअप क्याम्प’ सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad