८ वैशाख २०८१ शनिबार
समाज

धान दिवस बर्दियामा मनाउने

काठमाडौं– सरकारले यस वर्ष धान दिवस तथा रोपाई दिवसको मुल कार्यक्रम बर्दियामा गर्ने भएको छ। कृषि विभाग अन्र्तगत गठित सोहै राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव, मूल आयोजक समितिले बुधबार विभागमा पत्रकार सम्मेलन गरि यस वर्षको धान दिवस बर्दियाको राजापुर नगरपालिका–८ धोविनीपुरमा गरिने भएको  हो।

यस वर्ष धान दिवसको नारा ‘धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चाम आयातमा न्यूनीकरण’ तय गरिएको छ। पत्रकार सम्मेलनमा चालु आर्थिक वर्ष २०७५/०७६ मा धानको उत्पादन अहिलेसम्मकै उच्च भएको जानकारी पनि गराईयो। महाशाखाका निमित्त महानिर्देशक एवं सौहौं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव, मूल आयोजक समितिका अध्यक्ष डाक्टर रेवती रमण पौडेलले अघिल्लो वर्षको तुलनामा करिब ९ प्रतिशतले वृद्धि भई ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएको जानकारी दिए।

धान नेपालको मुख्य खाद्यान्न बाली हो। मनाङ्ग र मुस्ताङ्ग बाहेक सबै जिल्लामा धान खेती हुदै आएको छ। नेपालमा मौसमको आधारमा चैते धान, वर्षे धान, भदैया धान, घैया धान र बोरो (हिउँदे) को रुपमा धान खेती गर्ने गरिन्छ । खेती गरिने कूल क्षेत्रफलको ४८ दशमलब ३ प्रतिशत जमिनमा धान खेती गरिदै आएको छ। 

प्रकाशित: ११ असार २०७६ ११:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App