८ वैशाख २०८१ शनिबार
समाज

माइक्रो बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

कावासोती—पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको सुनबल–५ मा माइक्रो बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार पूर्वबाट पश्चिमतर्फ गुडिरहेको ना४ख ७८२४ नम्बरको माइक्रो बसले विपरित दिशातर्फ गुडिरहेको ना२९प २३८ नम्बरको मोटरसाइकलाई आइतबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार नवलपरासी मध्यबिन्दु– ७ चोरमाराका ४७ वर्षीय परशुराम ढकाल र ३५ वर्षीय वैकुष्ठ अर्यालको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका उनीहरुको उपचारका लागि जिल्लास्थित पृथ्वीचन्द्र अस्पताल परासीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

प्रकाशित: १५ कार्तिक २०७३ ०५:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App