coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

गौमुलको नीतिः महिला–पुरुष बराबर, निजी शिक्षक नराख्ने

बाजुरा– गौमुल गाउँपालिकाले २ वर्षभित्र सबै वडामा सडक सञ्जाल जोड्ने नीति पारित गरेको छ। गाउँपालिकाको पाँचौ गाउँसभाले २ वर्षभित्र ६ वटै वडाका बस्तीमा सडक सञ्जाल पुर्याउने लक्ष्य सहित नीति तथा कार्यक्रम पारित गरेको हो।

गौमुल गाउँपालिका भौगोलिक बनावटले निकै विकटता र दुर्गम रहेको छ । भोगोलिक कठीनाइका बीच पनि २ वर्ष भित्र सबै बस्तीमा सडक पुर्याउने गरि बजेट विनियोजन समेत गरिएको गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताएका छन्।

गाउँसभाबाट गाउँपालिकामा सञ्चालन हुने सबै निर्माणका योजना र विकास निर्माणका अभियानमा महिला पुरुष बराबरी गर्ने गरी नीति पारित गरेको छ। उपभोक्ता समितिमा अध्यक्ष वा सचिवमध्ये एक जना अनिवार्य महिला राख्नुपर्ने प्रावधान गाउँपालिकाले लिएको उपाध्यक्ष सिता थापाले बताएकी छिन्।

समान ज्याला, समान सहभागिता, समान प्रतिनिधीत्व र समान अवसरलाई पूर्ण रुपमा साउनबाट कार्यान्वन गर्ने नीति गाउँपालिकाले लिएको छ। गाउँपालिकाले एक घर एक रोजगार कार्यक्रलाई प्राथमिकतामा राखेको छ। बाख्रा पालन व्यवसाय गर्नेलाई अनुदान सहयोग गर्ने, स्याउलगायतका स्थानीय उत्पादनमा जोड दिने र निर्माणका काममा एक घर एक जनालाई अनिवार्य रोजगारी अवसर दिने गरि व्यवस्था गर्ने नीति लिएको छ।

यस्तै एक वडा एक आवासीय विद्यालय, २ वर्षभित्र भौतिक संरचना युक्त विद्यालय निर्माण गरि सक्ने नीति पारित गरेको छ। ५० वर्ष पुगेका र बुढा भएका शिक्षकलाई प्रोत्साहन सहित विदाई गर्ने र नमाने सट्टा शिक्षकका लागि अनिवार्य बाटो खुलाउने व्यवस्थान गर्ने नीति लिएको छ।

आगामी वर्षबाट गौमुलका कुनैपनि विद्यालयमा निजी शिक्षक नराख्ने र जनताको स्वास्थ्य अधिकारको विषयलाई ध्यानमा राखेर त्रैमासिक रुपमा चिकित्सक सहितको स्वास्थ्य शिविर गाउँमा सञ्चालन गर्ने नीति लिएको छ।

उपाध्यक्ष सिता थापाले प्रस्तुत गरेको बजेटमा संघीय सरकारबाट प्राप्त सर्शत अनुदान १२ करोड ५१ लख, संघीय सरकारबाट राजश्व ५ करोड ६ लाख, संघीय सरकारबाट वित्तीय समानिकरण अनुदान ७ करोड १० लाख, प्रदेश सरकारबाट समानिकरण अनुदान ६८ लाख २५ हजार, प्रदेश सरकारबाट राजश्व बाँडफाँड ५ लाख ८२ हजार, आन्तरिक राजश्व र अल्या अनुमानित सहित ६१ लाख गरि २६ करोड २ लाख ७ हजारको बजेट प्रस्तुत गरेको छ।

बजेटमा कार्य संचालन तथा प्रशासनिक तर्फ  ६ करोड ६९ लाख ८२ हजार र आर्थिक विकास तर्फ ६० लाख बजेट विनियोजन गरेको छ। यस्तै पूर्वाधार तर्फ ३ करोड ६६ लाख, शुसासन तथा अन्तर सम्बन्धित क्षेत्र २५ लाख, सामाजिक विकास तर्फ १ करोड ३५ लाख २५ हजार, वडागत विभिन्न क्षेत्रमा ९५ लाख र सर्शत अनुदानको विभिन्न क्षेत्र तर्फ १२ करोड ५१ लख बजेट विनियोजन गरेको छ। 

प्रकाशित: ११ असार २०७६ १०:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App