७ वैशाख २०८१ शुक्रबार
समाज

वीरगन्जका मेयर सरावगी र उनकै पार्टीका स्थानीय नेताबीच कुटाकुट

वीरगन्ज– वीरगन्जका मेयर विजयकुमार सरावगी र उनी अबद्ध समाजवादी पार्टीका स्थानीय नेताबीच कुटाकुट भएको छ। बुधबार श्रीपुरस्थित नेपाल राष्ट्रिय विद्यापीठ उच्च माध्यमिक विद्यालयमा जडान भएको सिसिटिभी क्यामेरा उद्घाटन गर्न मेयर सरावगी पुगेका थिए। सोही कार्यक्रम पछि सुरु भएको भनाभन हात हालाहालसम्म पुगेको थियो।

प्रत्यक्षदर्शीका अनुसार सिसिभिटी क्यामराको उद्घाटनपछि विद्यालय परिसरमा निर्माणाधीन प्रादेशिक पुस्तकालयको अवस्थाबारे चाँसो राख्दै सरावगीले ‘मुख्यमन्त्रीको योजना कार्यकर्ता पाल्ने उदेश्यले ल्याइएको’ टिप्पणी गरेका थिए। मुख्यमन्त्री लालबाबु राउत गद्दीले पुस्तकालयमा ५० लाख बजेट दिनु भनेको बालुवामा पानी हाले सरह भएको भनेपछि पार्टीका स्थानीयको नेता अजय चौरसियाले प्रतिवाद गरेका थिए। सरावगी र चौरसियाबीच यसै विषयमा विवाद भएको थियो। यसरी पार्टीभित्रकै आन्तरिक विवाद हात हालाहाल भएर सतहमा आएको हो।

चौरसिया र मेयरबीच भनाभन हुँदै विवाद चर्किए पछि उनीहरुबीच कुटाकुट भएको पर्सा प्रहरीले जानकारी दिएको छ। मेयर आफै विवादमा पर्नु अगाडी उनका कार्यकर्तासँग वादविवाद भएको थियो। त्यसपछि मेयर सरावगी विवादमा सामेल भएका थिए। घटनास्थल रहेको राष्ट्रिय विद्यापीठ पुगेर वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्रबहादुर मल्ल नेतृत्वको टोलीले चौरसियालाई नियन्त्रणमा लिएको छ। आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: ११ असार २०७६ ०९:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App