८ वैशाख २०८१ शनिबार
समाज

न्यायाधीश रणबहादुर बमका हत्यारालाई जन्मकैद

काठमाडौं- ललितपुर जिल्ला अदालतले सर्वोच्च अदालतका न्यायाधीश रणवहादुर बम हत्याको अभियोगमा पाँच जना अभियुक्तहरुलाई दोषी ठहर गर्दै सर्वोस्व सहित जन्मकैद हुने फैसला सुनाएको छ।  अदालतका स्थायी न्यायाधीश रहेका बम माथी बंगलामुखी मन्दिरबाट फर्कदै गर्दा शंखमुलमा गोली प्रहार गरि हत्या गरिएको थियो। हत्या पछि प्रहरीले पक्राउ परेका उनीहरुविरुद्ध कर्तव्यज्यान र ज्यानमार्ने उद्योगमा ललितपुर जिल्ला अदालतमा दुई मुद्दा दर्ता भएको थियो।
उक्ता मुद्दामा सोमबार फैसला गर्दै सञ्जय स्माइली मगर र करण भन्ने शीव चौधरीलाई मुख्य अभियुक्त मानेर सर्वोस्व सहित जन्मकैद हुने निर्णय अदालतले सुनाएको हो। यस्तै अदालतले अन्य अभियुक्तको रुपमा बाबु थापा भन्ने मेघ बहादुर थापा र र दीपक कुमार कर्णलाई जन्मकैद हुने फैसला सुनाएको छ। थापा चुरे भावरका तत्कालिन उपाध्यक्ष समेत हुन्। यस्तै अर्का अभियुक्त प्रविण भन्ने प्रेमराज खड्कालाई ५ बर्ष कैद सजाँय तोकेको छ। अदालतले मुख्य अभियुक्तको रुपमा मगर, चौधरी, थापा र कर्णलाई थप १२ बर्ष ज्यान मार्ने उद्योग गरेको अभियोमा सजायँ हुने फैसला गरेको हो।

 

प्रकाशित: १३ असार २०७३ १३:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App