विद्यालयमै प्याडको व्यवस्था

बुधबार, ११ असार २०७६, १५ : ०१ नागरिक

ओखलढुंगा – छात्राहरूलाई महिनावारीको समयमा प्रयोग गर्ने सेनेटरी प्याड विद्यालयमै व्यवस्था गरिएको छ। महिनावारीको समयमा विद्यालय नआउने छात्राहरूलाई मध्यनजर गर्दै सुनकोशी गाउँपालिका मूलखर्कस्थित चौतारा माध्यमिक विद्यालयका छात्रालाई विद्यालयमै सेनेटरी प्याडको व्यवस्था गरिएको हो।

सुनकोशी गाउँपालिका–५ को सहयोगमा विद्यालयमा एक हजार थान प्याडको व्यवस्था गरिएको छ। महिनामा पाँच दिन रजस्वला भएको समयमा विद्यालय नआउने छात्राहरूलाई विद्यालयमै प्याडको व्यवस्था गरेर नियमित विद्यालय आउने वातावरण बनाउन प्याडको व्यवस्था गरिएको वडाध्यक्ष गोविन्दराम तामाङले बताए।

सेनेटरी प्याडले छात्राको स्वास्थ्य अवस्था सुरक्षित र अध्ययनमा सहज हुने उनको भनाइ छ। विद्यालयमा सेनेटरी प्याड अभाव हुन नदिने वडाध्यक्ष तामाङले प्रतिबद्धता जनाएका छन्।

वडाले उपलब्ध गराएको प्याड विद्यालयका माथिल्लो कक्षाका छात्रा र शिक्षिकाको व्यवस्थापनमा रहनेछ। आवश्यक परेको खण्डमा छात्राहरूले निःशुल्क मागेर प्रयोग गर्न सक्ने विद्यालयका प्रधानाध्यापक कमल कटुवालले बताए। ‘महिनावारी भएकै कारण छात्राहरू स्कुल आउन नसक्ने अवस्था थियो,’ उनले भने, ‘अब सहज हुने भयो।’

विद्यालयमा उपलब्ध गराइएको प्याडले छात्राहरूको पढाइमा सहयोग पुग्ने सुनकोशी गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विवेक तामाङले बताए।








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad