७ वैशाख २०८१ शुक्रबार
समाज

च्यामासिङमा भएको दुर्घटनामा एकको मृत्यु

भक्तपुर—गएराति भक्तपुरको च्यामासिंहमा एक मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

बा४७प ५८११ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री नाला–२ काभ्रेका २१ वर्षीय रुपेश थापाको मृत्यु भएको छ। घाइते थापाको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिए।

सोही मोटरसाइकलले अर्का पैदलयात्रीलाई ठक्कर दिँदा काभ्रेकै २३ वर्षीया विन्दु तामाङ र मोटरसाइकलमा सवार भक्तपुर नगरपालिका–१४ नासमना बस्ने १९ वर्षीय सविन खेताला घाइते भएका छन्। घाइते दुवैको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।

मोटरसाइकल चालक भक्तपुर नगरपालिका–२ लिवाली बस्ने वर्ष १९ को निसान गाईजूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: १५ कार्तिक २०७३ ०५:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App