अफगानिस्तानमा दुई अमेरिकी सैनिक मारिए

बुधबार, ११ असार २०७६, १३ : ४० नागरिक

अफगानिस्तानमा बुधबार नेटोआवद्व दुई अमेरिकी सैनिकको आतङ्ककारी आक्रमणमा मृत्यु भएको छ।

अफगानिस्तानमा नेटोआवद्ध अमेरिकी सैनिक यो पछिल्लो हताहत अमेरिका र तालिबान लडाकूबीच नयाँ वार्ता गर्ने तयारी भइरहेको अवस्थामा भएको छ।

 अफगान सैनिकलाई सहयोगार्थ बसेका ती दुई सैनिक मारिएका विषयमा विस्तृत विवरण भने दिइएको छैन। तर सेप्टेम्बर १ भन्दा आगाडी हुने भनिएको शान्ति वार्ताको विषयमा छलफल गर्न अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले  आकस्मिक अफगानिस्तानको राजधानी काबुलको भ्रमण गरेको २४ घण्टा भन्दा कम समयमा नै यो आक्रमण भएको बताइएको छ।

 हालसम्म यस आक्रमणको कुनै पनि समूहले जिम्मा लिएको छैन। तर यसअघि नेटोआवद्ध अमेरिकी सेनामाथि हुदै आएको आक्रमणको तालिबान लडाकू समूहले जिम्मा लिदै आएका थिए।
 अफगानिस्तानमा यस वर्षको शुरुदेखि हालसम्म नेटोआवद्ध अमेरिकी सेनामाथि भएको आक्रमणहरुको क्रममा नौ सैनिकको मृत्यु भएको छ। सन् २०१८ को यसै अवधिमा १२ नेटोआवद्ध अमेरिकी सैनिकको मृत्यु भएको थियो।

 अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले आकस्मिक रुपमा गर्नु भएको अफगानिस्तानको भ्रमणको क्रममा पोम्पेओले  अफगान राष्ट्रपति असरफ घानीलाई अफगानिस्तानको शान्तीलाई वासिङटनले उच्च प्राथमिकताका रुपमा लिएको बताएकाे छ।

अमेरिकाको इतिहासमा नै लामो युद्धको रुपमा रहेको यस ‘अफगान युद्ध’ अन्त्यको लागि गत सेप्टेम्बरमा पनि अमेरिकाले तालिबान लडाकू समूहलाई वार्ताको टेबिलमा ल्याउने कोशिसले गरेको थियो।

अफगानिस्तानमा युद्धरत तालिबान लडाकू समूह र  अमेरिकाबीच शान्ति वार्ता दोहामा आगामी जुन २९ बाट शुरु हुने समय तालिका तय गरिएको छ।  

आतङ्कवादको अन्त्य, विदेश सैनिकको उपस्थिति, अफगानिस्तानमा आन्तरिक वार्ता र स्थाई युद्धविराम चार ओटा मुद्दामा यो वार्ता केन्द्रित रहने बताइएको छ।

अफगानिस्तानमा हाल १४ हजार अमेरिकी सैनिक तैनाथ रहेका छन्। ती सैनिकहरुले अफगान सहकर्मीहरुलाई तालिम र सरसल्लाह दिने गरेका बताइन्छ। अफगानिस्तानमा सन् २०१४ को अन्त्यसम्म करिब एक लाख नेटोआवद्ध अमेरिकी सेना रहेका थिए।

ती सैनिकहरु सन् २०१४ को अन्त्यमा अफगान युद्ध सकिएको घोषणा गर्दै आफ्नो देश फर्किएपछि त्यहा करिब १४ हजार नेटोआवद्ध अमेरिकी सैनिक मात्र बाँकी रहेका छन्।

सन् २००१ मा अफगानिस्तानमा तालिबानहरु सत्ताबाट अपदस्थ भएपछि शुरु भएको अफगान युद्धमा अमेरिकी सैनिकको सहभागीता भएयता करिब २ हजार ३०० अमेरिकी सैनिकको मृत्यु हुनुको साथै २० हजार ४०० घाइते भएका छन्। एएफपी





यसमा तपाईको मत

अन्य समाचार

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

नेपाल चेम्बर अफ कमर्शले जारी गर्ने उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन प्रणालीबाटै जारी हुने भएको छ ।

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

नेपालका लागि साटो कर्पोरेसन जापानको अधिकृत बिक्रेता बार कोड नेपाल इंकले सिएल फोर एनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा...

अजोडको सभा सम्पन्न

अजोडको सभा सम्पन्न

निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता भएको छ । ...

एनसिसी बैंकको सहयोग

एनसिसी बैंकको सहयोग

एनसीसी बैंकले भक्तपुरस्थित सानोठिमी प्राविधिक शिक्षालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ...

काठमाडौं मेरिएट होटल सञ्चालन

काठमाडौं मेरिएट होटल सञ्चालन

मेरिएट होटलको फ्ल्यागसिप ब्रान्डको डेब्युसँगै राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ सञ्चालनमा आएको छ । ...

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

Ncell Footer Ad