७ वैशाख २०८१ शुक्रबार
समाज

गिरानचौरबाट कलाकार धुर्मुसको सन्देश (भिडियो)

गिरानचाैंरको नमुना वस्ती। तस्बिरः ध्रुव दंगाल

सिन्धुपाल्चोक-कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले नेतृत्व गरेको धुर्मुस–सुन्तली फाउन्डेसनद्वारा निर्मित गिरानचौर एकीकृत नमुना बस्ती शुक्रबार हस्तान्तरण गरिएपछि स्थानीय पीडितले नयाँ घर पाएका छन्। ६६ घर र एक सामुदायिक भवनसहितको बस्ती राष्ट्रपति विद्या भण्डारीले स्थानीयलाई हस्तान्तरण गरेकी हुन्। समुदायको तर्फबाट एकीकृत बस्ती व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर तामाङले घर–संरचना बुझेका थिए ।

राष्ट्रपति भण्डारीले कलाकार जोडी धुर्मुस–सुन्तलीको प्रयासको प्रशंसा गर्दै उनीहरूले बनाएको एकीकृत नमुना बस्तीले सरकारलाई नै चुनौती दिएको बताइन्। सरकारले भन्दा फाउन्डेसनले ठूलो काम गरेको प्रतिक्रियासमेत उनले दिइन्। ‘तराईमा मात्रै एकीकृत बस्ती देखेकी थिएँ । पहाडको गिरानचौरमा समेत बनेपछि यस्तो बस्ती देशैभर विकास गर्न सकिने देखियो,’ उनले भनिन् ।

३५ रोपनी जमिनमा फैलिएको वस्तीमा स्वच्छ, हरियाली सहरी अवधारणा अनुसार बनाइएको छ। प्रत्येक घरमा सोलार जडिएको बस्ती अपांगमैत्री, वातावरणमैत्री, बालमैत्री, भूकम्पमैत्री र पहिरोमैत्री छ । ह्विलचियर चढेर सिंगो बस्ती डुल्न र सबै घरमा पुग्न सकिन्छ।

बस्तीमा तीन बाल उद्यान, चार बगैंचा, आठ सार्वजनिक धारा र चार शौचालय, चौतारी, खेल मैदान, प्रतीक्षालय तथा दुई गाडी पार्किङको समेत व्यवस्था छ । एकतले घरको अगाडि अनिवार्य फूलका दुई बिरुवा र पछाडि फलफूलका दुई वृक्षसमेत रोपिएको छ।

राष्ट्रपति भण्डारीले कलाकार जोडी धुर्मुस–सुन्तलीको प्रयासको प्रशंसा गर्दै उनीहरूले बनाएको एकीकृत नमुना बस्तीले सरकारलाई नै चुनौती दिएको बताइन्। सरकारले भन्दा फाउन्डेसनले ठूलो काम गरेको प्रतिक्रियासमेत उनले दिइन्।

फाउन्डेसनका अध्यक्ष सीतारामले बस्ती निर्माणमा पाँच करोड १३ लाख ८५ हजार एक सय ८७ रुपैयाँ खर्च भएको बताए। उनका अनुसार बस्ती बनाउन देश–विदेशमा रहेका पाँच हजारभन्दा बढी व्यक्ति (संस्थासमेत) बाट ६ करोड १७ लाख एक हजार एक सय ३९ रुपैयाँ संकलन भएको थियो। बस्ती बनाउन लागेको कुल लागतमध्ये चार करोड ५२ लाख ४४ हजार दुई सय ८७ रुपैयाँ भुक्तानी भइसकेको छ। ६१ लाख चार हजार नौ सय रुपैयाँ भुक्तानी तिर्न बाँकी छ।

असार २० बाट मुख्य संरचना निर्माण थालेको फाउन्डेसनले चार महिनामै आकर्षक बस्ती बनाएर सम्बन्धित पीडितलाई हस्तान्तरण गरेको हो। बस्ती हस्तान्तरण कार्यक्रममा मह जोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) र कलाकार मनोज गजुरेल समेत उपस्थित थिए।

टहरो छोडेर एकैपटक ठूलो संख्यामा पीडित पुनर्निर्माण भएको घरमा पहिलोपटक छिरेका हुन्। भूकम्पपछि प्रभावित जिल्लामा बनेको भूकम्पप्रतिरोधात्मक एकीकृत बस्ती यो पहिलो हो। यसअघि भूकम्पलगत्तै धुर्मुस–सुन्तलीले काभ्रेको पहरी बस्तीमा एकीकृत बस्ती बनाएका थिए।

गिरानचाै नमुना वस्तीका निर्माता कलाकार धुर्मुससँग हामीले स्थलगत प्रतिकृया लिएका छाैं।
हेराैं यो भिडियोः

भिडियोः ध्रुव दंगाल

प्रकाशित: १५ कार्तिक २०७३ ०१:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App