coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विद्यार्थीलाई क्यान्सर बारे चेतना

काठमाडौं – धैर्य क्यान्सर फाउन्डेसनले काभ्रेको श्रीदेवी माध्यमिक विद्यालयका छात्रछात्राहरुलाई क्यान्सरसम्बन्धी जनचेतना दिएको छ। भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. प्रभु शाहको उपस्थितिमा फाउन्डेसनले क्यान्सर रोगबारे कक्षा सञ्चालन गरेको हो।

कार्यक्रममा डा. शाहले क्यान्सर किन हुन्छ, क्यान्सरबाट बच्न कस्तो जीवनशैली अपनाउने, समयमै क्यान्सर भएको थाहा पाउन के गर्ने, रोगको उपचार कसरी र कहाँ गर्ने भन्ने विषयमा जानकारी दिएका थिए। शरीरको कुनै पनि भागमा हुने अनावश्यक कोष वृद्धि हुने अवस्थालाई क्यान्सर भनिन्छ। शाहको अनुसार केही क्यान्सर वंशाणुगत कारणले हुने भए पनि केही क्यान्सर गलत जीवनशैलीका कारणले हुने बताए।

चुरोट, गाँजा, पानपराग, गुट्खा सेवन, प्रदूषण, रसायनिक पदार्थ, विकीरणका कारणले पनि क्यान्सर लाग्छ। क्यानसर हुँदा शरीरको विभिन्न भागमा गाँठागुठी आउने, कुनै अंगको आकार या रंगमा परिवर्तन आउने, शरीरमा गिर्खा या कोठी देखापर्ने, छाति दुख्ने, खकारमा रगत देखापर्ने, दिशा पातलिने, पिसाब पोल्ने, घाउ निको नहुने, पाठेघरबाट सेतो पानी बग्नेलगायतका लक्षण देखिन्छ। शल्यक्रिया, रेडियोथेरापी तथा किमोथेरापीबाट नेपालमा उपलब्ध क्यान्सरका उपचार हुन्।

क्यान्सरको बारेमा सुनेका र आपूmले बुझेको कुरा समु्दायमा पनि सुनाउन पनि डा. शाहले विद्यार्थीहरुलाई आग्रह गरे। फाउन्डेसनकी अध्यक्ष टिरिसा तामाङले क्यान्सरसम्बन्धी जनचेतना कार्यक्रम जारी राख्ने र संस्थाको उद्देश्य नै जनचेतना जगाउनु रहेको बताइन्। वडा अध्यक्ष धनजीत लामा र विद्यालयका प्राध्यपक केशव थापाले जनचेतना अभियानको लाभदायक रहेको प्रतिक्रिया दिए।

प्रकाशित: ११ असार २०७६ ०३:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App