वीरको सिटिसक्यान कोठा मर्मत गरिने

बुधबार, ११ असार २०७६, ०९ : १३ नागरिक

काठमााडौं – राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालमा चुहिएको विकीरण मर्मत गरिने निर्णय भएको छ। अस्पतालमा मंगलबार वैठक बसी छिट्टै मर्मत गर्ने निर्णय गरेको हो। अस्पतालको सिटिसक्यान कोठाबाट रेडियसन (विकीरण) चुहिएको पत्ता लागेपछि अस्पतालको सिटिस्क्यान सेवा बन्द भएको छ।

‘सेवा छिटोभन्दा छिटो सुचारु गर्न समिति गठन गरी प्रक्रिया अघि बढाएका छौं,’ अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले भने। एक महिनाअघि वीर अस्पतालमा पुगेको विकिकरण चुहावट परीक्षण टोलीले सिटिसक्यानबाट विकिरण चुहिएको औंल्याएपछि अनुसन्धान भएको थियो।

गत शुक्रवार नास्ट(राष्ट्रिय बिधि विज्ञान प्रयोगशाला)का प्रतिनिधी डा.बुद्धराम शाहले विकिरण चुहेको पुन निश्चित गरेका थिए। डा.शाहले प्रतिवेदन पैश गरे लगत्तै अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले डराएर सेवा बन्द गरेका हुन्। अस्पतालमा सेवा बन्द भएपछि बिरामी अन्यत्र जान बाध्य भएका छन्।

सिटी कोठाको ढोका,चुक्कुल र सिलिङवाट विकिरण चुहेको डा.शाहले जनाएका छन्। सो अवस्थाको मर्मत गर्नको लागि आवश्यक कतिपय सामाग्री नेपालमा नभएकोले विदेशवाट सामान मगाउनु पर्ने अवस्था रहेको निर्देशक सेन्चुरीले बताए।





यसमा तपाईको मत

अन्य समाचार

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बिक्रेता, सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले ३ गते सम्म ऐक्सचेन्ज अफर सहितको फ्रि मनसुन चेकअप...

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

नेपालको लागि अनरको आधिकारिक बिक्रेता क्रेटोस टेक्नोलोजिज प्रा. लि.ले एक महिना अगाडी सफतापूर्वक बजेट सेगमेण्टको अनर 8A  लन्च गरे लगत्तै...

काठमाडौंको ताम्राकार कम्प्लेक्समा सामसङ मोबाइलको सर्भिस् सेन्टर

काठमाडौंको ताम्राकार कम्प्लेक्समा सामसङ मोबाइलको सर्भिस् सेन्टर

सामसङ नेपालले हालै काठमाडौंको न्युरोड स्थित ताम्राकार कम्प्लेक्सको तेश्रो तलामा आफ्नो आधिकारिक सर्भिस् सेन्टर उच्च स्थरिय सेवा सहितको  शुभारम्भ गरेको...

पब्जीजस्ता अनलाइन गेम खेल्दा ल्याग हुन्छ ? यस्तो छ पिंग घटाउने तरिका

पब्जीजस्ता अनलाइन गेम खेल्दा ल्याग हुन्छ ? यस्तो छ पिंग घटाउने तरिका

स्मार्टफोनमा पब्जी वा अन्य कुनै अनलाइन गेममा खराब इन्टरनेटले र ल्यागले मज्जा नै खराब गर्छ ...

माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा थप बीमा सुबिधा

माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा थप बीमा सुबिधा

माछापुच्छ्र्रे बैंकले स्मार्ट बचत खाता खोल्ने ग्राहकहरुलाई १० लाख सम्मको दुर्घटना बीमाको साथमा १८ जटिल प्रकृतिका रोगहरुको उपचारमा ३ लाख...

साधनाको एकीकृत कारोबार सुरु

साधनाको एकीकृत कारोबार सुरु

साधना लघुवित्त वित्तिय संस्थाले आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थालाई प्राप्त गरी साधना लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार प्रारम्भ गरेको...

बजार खुल्दा किन्नेको भिड

बजार खुल्दा किन्नेको भिड

साताको दुई दिन लगातार बढेको नेप्से परिसूचक तेस्रो दिन मंगलबार पनि बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार...

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसी फाइनान्स र ब्लुक्रस हस्पिटलको संयुक्त आयोजनामा विविध कार्यक्रम सञ्चालन भएको छ । ...

Ncell Footer Ad