४ वैशाख २०८१ मंगलबार
समाज

लुम्बिनी र टक्षशिलासम्बन्धी सेमिनार सम्पन्न

काठमाडौं - नेपालस्थित पाकिस्तानी दूतावासले सेन्टर फर एडभान्स स्टडिज इन साउथ एसियासँगको सहकार्यमा लुम्बिनी र टक्षशिलासम्बन्धी सेमिनार आयोजना गरेको छ। काठमाडौंमा आयोजित कार्यक्रममा सहभागीहरुले पुरातात्विक महत्वको लुम्बिनी र पाकिस्तानको टक्षशिलाबीच गहिरो ऐतिहासिक सम्बन्ध भएको बताएका थिए।

कार्यक्रममा लुम्बिनी र टक्षशिलाका बारेमा हालै गरिएको अनुसन्धानलाई पनि सार्वजनिक गरिएको थियो। अनुसन्धान रिपोर्टलाई प्राध्यापक डा. संगीता रायमाझी र प्राडा अरुण गुप्तोले सार्वजनिक गरेका थिए। सोधकर्ताका तर्फबाट कार्यक्रमलाई लुम्बिनी विश्वविद्यालयका उपकुलपति प्राध्यापक हृदयारत्न बज्राचार्यले सम्बोधन गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि पाकिस्तानी राजदूत डा. मजहर जाभेदले दुवै पक्षको पुरातात्विक महत्व र सभ्यता सम्बन्धका बारेमा बोलेका थिए।

प्रकाशित: ११ असार २०७६ ०३:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App