७ वैशाख २०८१ शुक्रबार
समाज

बस दुर्घटनामा एक जनाकाे मृत्यु

नुवाकोट–काठमाण्डौबाट नुवाकोटको तारुका तर्फ गईरहेके मिनीबस दुर्घटना हुदाँ  एक जनाको मृत्यु भएको छ। पाँच जना घाइते भएका छन्। तारुका गाविस १ तारुकाघाटबाट सोही गाविसको जोरचौतारातर्फ जाने क्रममा वा ३ ख २००० नम्बरको मिनिबस  दुर्घटनामा परेको तारुका प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक सन्तोष रायमाझीले जानकारी दिए।

बस दुर्घटनामा परेर धादिङको कल्लेरी–१ घर भई तारुका गाविस ५ मामाघर जाने लागेकी १७ बर्षीया विमला उपरकोटीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । कच्ची सडकमा बस उकालो चढ्ने क्रममा पछाडि हटेपछि दुर्घटनामा परेको स्थानीयले बिष्णु जमकटेलले बताए।

नुवाकोटको दक्षिणी भेगमा रहेको तारुका गाविस वडा १ ढुंगेपाटोमा अपरान्ह दुर्घटनामा भएपछि बस चालक जीवन विक फरार छन्।

प्रकाशित: १५ कार्तिक २०७३ ०१:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App