स्वतन्त्र तिब्बत कार्यक्रमा गएको भन्दै प्रदीप यादव निलम्बित

बुधबार, ११ असार २०७६, ०७ : २८ भुवन शर्मा

काठमडौं - लाट्भियाको राजधानी रिगामामा गरिएको स्वतन्त्र तिब्बत कार्यक्रममा सहभागी भएको भन्दै समाजवादी पार्टी नेपालले सांसद प्रदीप यादवलाई ६ महिनाका लागि पार्टीबाट निष्कासन गरेको छ। समाजवादी पार्टीको मंगलबार बसेको केन्द्रीय समितिको बैठकले यादवलाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको हो। बैठकपछि जारी विज्ञप्तिमा पार्टी नीतिविपरीत र पार्टीलाई जानकारी नगराई लाट्भियामा ‘इन्टरनेसनल नेटवर्क अफ पार्लियामेन्टेरियन अन फ्रि तिब्बत’ कार्यक्रममा सहभागी भएको भन्दै ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको जानकारी गराइएको छ। यस विषयमा यादवलाई सोधिएको स्पष्टीकरण चित्त बुझ्दो नभएको पार्टीले जारी गरिएको विज्ञप्तिमा जनाइएको छ।

गत जेठको पहिलो साता उक्त कार्यक्रम गरिएको थियो। कार्यक्रममा समाजवादी पार्टीका सांसद प्रदीप यादव र राष्ट्रिय जनता पार्टी नेपालका सांसद एकवाल मियाँ सहभागी थिए। नेपालका दुईजना सांसद स्वतन्त्र तिब्बत कार्यक्रमा सहभागी भएको समाचार आएपछि चिनियाँ दूतावासले यसबारे चासो राखेको थियो।

स्रोतका अनुसार दूतावासको चासोपछि राजपाले जेठको दोस्रो साता मियाँलाई स्पष्टीकरण सोधेको थियो। मियाँले आफूलाई उक्त कार्यक्रमबारे पूर्व जानकारी नभएको र झुक्क्याएर कार्यक्रममा सहभागी गराइएको स्पष्टीकरण पार्टीलाई बुझाएको पार्टी स्रोतको भनाइ छ। मियाँले स्पष्टीकरण बुझाएपछि राजपाले उनलााई निलम्बन गरेन। समाजवादी पार्टीले भने यादवले बुझाएको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै निलम्बन गर्ने निर्णय गरेको हो। यादवले भने आफू स्वतन्त्र तिब्बतको कार्यक्रमा सहभागी नभएको दाबी गरेका छन्।

‘कार्यक्रमबारे केही मलाई जानकारी थिएन। बुझेपछि हलभित्रै नबसी बाहिरबाट फर्केको हुँ,’ नागरिकसँग कुरा गर्दै यादवले भने। स्रोतका अनुसार यादवले पार्टीलाई बुझाएको स्पष्टीकरणमा पनि स्वतन्त्र तिब्बत कार्यक्रममा आफू सहभागी नभएको दाबी गरेका थिए। पार्टीले गरेको निलम्बनबारे उनले भने, ‘पार्टीले मलाई अन्याय ग¥यो। कार्यक्रममा सहभागी नहुँदा नहुँदै पनि स्पष्टीकरण सोधेको कुरा बाहिर आयो।’ यसबारेमा औपाचारिक चिठी प्राप्त नभएको पनि उनले बताए।

पार्टीका एक नेताले भने यादवलाई गरिएको निलम्बन पछि यादवको सांसद पद नजाने बताए। उनले भने, ‘उहाँ(यादव)लाई पार्टीबाट मात्र निलम्बन गरिएको हो। पार्टीबाट गरिएको निलम्बनबाट सांसद पनि जान्न।’ यसबारेमा पार्टीका महासचिव रामसाह यादवसँग प्रतिक्रिया लिदाँ यसबारेमा उनले बोल्न चाहेनन्। उनले भने, ‘पार्टीले जे विज्ञप्ति निकालेको छ। पार्टीको आधिकारिक धारणा त्यही हो। अरु विषयमा म केही बोल्दिन।’





यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

सामाजिक संजाल प्रयोग गर्दा निम्न कुराहरु ध्यानमा राख्नु आवश्यक छ ...

Ncell Footer Ad