coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रहरी भ्यान दुर्घटनामा दुई थुनुवाको मृत्यु

रौतहट – जिल्लामा प्रहरी भ्यान दुर्घटना हुँदा दुई थुनुवाको मृत्यु भएको छ। दुर्घटनामा आठ जना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट सदरमुकाम गौरतर्फ आउदै गरेको प्रहरी भ्यान मंगलबार दिउँसो क्राउन र एक्सल भाचिएर दुर्घटना हुँदा लागुऔषध मुद्दाका आरोपित चन्द्रपुर नगरपालिका ४ का २० वर्षीय मुकेश भन्ने निर्मल साह र सवारी ज्यान मुद्दाका आरोपित सुनसरी इनर्वा १ बस्ने वर्ष ४० का रमेशकुमार चौधरीको ज्यान गएको हो।

गौर–चन्द्रनिगाहपुरसँग जोडिएको सहायक राजमार्गअन्तर्गतको बालचनपुर नजिक प्रहरी भ्यान दुर्घटनामा परेको थियो। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट ६ प्रहरीसहित विभिन्न मुद्दाका चार आरोपितलाई भ्यानमा राखेर म्याद थप्न सदरमुकाम लगिँदै गरेका बेला दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका साह र चौधरीको उपचारका लागि वीरगन्जतर्फ लैजादै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

घाइते हुनेमा प्रहरी सहायक निरीक्षक दिपेश चौलागाई, हबलदारद्वय उमेश यादव र विनोद मण्डल, जवानत्रय हरिकिशोर चौधरी, अजय यादव र सञ्जीव कार्की घाइते भएका छन्। त्यस्तै अभद्र व्यवहार मुद्दाका आरोपित कुमार गेलाल र टेकबहादुर तामाङ पनि घाइते भएका छन्। घाइतेको उपचार भइरहेको छ।

प्रकाशित: ११ असार २०७६ ०१:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App