खानेपानी हाहाकार (फोटो फिचर)

मङ्गलबार, १० असार २०७६, १८ : १३ अनिल भण्डारी

जुटपानी(सिन्धुली)– यहाँको हरिहरपुरगढी गाँउपालिका-४ जुटपानीमा खानेपानीको हाहाकार भएको छ। पानीको एकमात्र मुहान बस्तिभन्दा तल भएकाले खानेपानी हाहाकार भएको स्थानीय बताउँछन्। स्थानीयका अनुसार पानी बोक्ने काममा महिलाहरु दैनिक घण्टौसम्म खट्नुपर्ने अवस्था छ।

बस्तिभरि धारा नभएको पनि होइन। पानी नभएको सुख्खा धारा बनेको पाँच वर्षभन्दा बढी भइसकेको छ, तर धारामा पानी नआएको स्थानीय बताउछन्। गाउँभरी भएको सुख्खा धारा २०६६ सालमा गरिबी निवारण कोषको सहयोगमा दियालो परिवार नामक गैरसरकारी संस्थाबाट निर्माण भएको जानकारी धाराबाटै लिन सकिन्छ। धारामै उक्त जानकारी दिने लेख राखिएको छ तथापी पानी भने धारामा आएको छैन्। 

गैरसरकारी संस्थाले धारा बनाएको केहि समयमात्रै धारामा पानी आएको र हाल पानी नआएको स्थानीय बताउँछन्। गैरसरकारी संस्थाले गरेको काम दिगो भएन, पानी लिन बस्तिबाट केहि टाढा रहेको मुहानमा भेटिएकी स्थानीय सविना राईले भनिन्, गरिबी निवारण कोष नेवा उर्जा जस्ता नाम गरेका संघसस्थाले केहि काम गरेपनि पानीको समस्या समाधान भएन्। टाउकामा र काखीमा एकै पटक दुई गाग्री पानी लिएर घर फर्कदै गरेकी काली राई पानीको समस्याका कारण एकै पटक दुई गाग्री पानी बोकेको बताउँछिन्। टाढाबाट कुवाको पानी ल्याउनुपर्ने भएकाले पानीको समस्या रहेको उनले बताइन्। हामी दैनिक पानी बोक्न बाध्य छौ, उनले भनिन्, घर नजिकै धारा छ, तर पानी आउँदैन । पानी नआउने धारा हेर्नुबाहेक केहि विकल्प नभएकाले पानी बोक्न आफुहरु बाध्य भएको उनको भनाई छ।  पानीको समस्या गाँउभरिलाई उस्तै छ। एनजिओले धारा बनाइदिए पनि दिगो र टिकाउ हुन नसकेको स्थानीय बताउँछन्।  

‘एनजिओले जहाँ मुहान देखेर बनायो, त्यहा अहिले पानी छैन’, एक स्थानीयले भने, ‘जहाँ मुहान छ, त्यहाँबाट ल्याउने संस्था छैन्।’ उनले वस्तिबाट तल पानीको मुहान भएकाले धारामा पानी ल्याउन नसकिएको बताए। पछिल्लो समय तिब्र विकास भएसँगै हरिहरपुरगढीका धेरै वडामा पानीको हाहाकारनै मच्चिएको स्थानीय बताउँछन्। एक गाग्री पानीका लागि घटौं कुर्नुपर्ने बाध्यता स्थानीयमा रहेको छ। जुटपानीकै मानबहादुर राई दुई वर्षदेखि सबैले एउटै मुहान प्रयोग गरेको बताउँछन्। पचास घर भन्दा बढी भएको टोलबासीले एउटै मुहान प्रयोग गरेका छौ, उनले भने, टाढा हुँदा पानी खान निक्कै दुःख छ।

मरिन खोला नजिकै बगेको भएपनि खोलो हेर्नु बाहेक स्थानीयलाई अन्य विकल्प छैन्। खानेपानी बनाउने नाममा संघसंस्थाले लाखौ रकम खर्चेपनि त्यसको उपलब्धि स्थानिय स्तरमा देखिएको छैन्। कागज मिलाएर योजना सक्ने गरेकाले दिगो विकास हुन नसकेको स्वयम् स्थानिय बताउँछन्। 

 













यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad