६ वैशाख २०८१ बिहीबार
राजनीति

बुटवल बजेटः एक अर्ब ९० करोड

रुपन्देही – सहरी पूर्वाधार विकास, पर्यटन र उद्योग व्यापार र हरियाली प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६–०७७ को बजेट प्रस्तुत गरेको छ। प्रदेश ५ को अस्थायी राजधानीसमेत रहेको बुटवल उपमहानगरले मेगासिटी बनाउन आधार तय गर्ने तथा तीन वर्षभित्र बेरोजगार शून्य नगर बनाउने महत्वकांक्षी सपनासमेत देखेको छ।

उपमहानगरले आगामी आर्थिक वर्षका लागि एक अर्ब ९० करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ। चालूतर्फ एक अर्ब १२ करोड अर्थात् करिब ५९ प्रतिशत र पुँजीगततर्फ ७७ करोड ९८ लाख अर्थात् ४१ प्रतिशत बजेट विनियोजन भएको छ।

उपमहानगरले आर्थिक वर्ष २०७५–०७६ का लागि एक अर्ब ६६ करोड ५० लाख रुपैयाँको बजेट प्रस्तुत गरेको थियो। नगरसभाको पाँचौं अधिवेशनमा नगर उप–प्रमुख एवम् बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक गुमादेवी आचार्यले गरिन्।

पर्यटन, कृषि, उद्योग, व्यापार–व्यवसायलाई बुटवलको समृद्धिको आधार मान्दै योजना कार्यान्वयनको वर्षका रूपमा लिँदै बुटवलले नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो। बुटवलको विकासलाई व्यवस्थित बनाउनका लागि बहुवर्षीय गौरवका आयोजनाहरूसमेत सञ्चालन गरिएको नगर प्रमुख शिवराज सुवेदीले बताए। मेयर युवाइलम र उपप्रमुख महिला उद्यम कार्यक्रमलाई निरन्तरता दिइएको छ।

बुटवलको प्रस्तुत बजेटबाट पूर्वाधार विकासका लागि ३५ करोड ९८ लाख २५ हजार छुट्याइएको छ। यस्तै वन वातावरण, हरियाली प्रवद्र्धन सरसफाइ तथा विपद् व्यवस्थापन एवम् सूचना प्रविधिका लागि चार करोड ९० लाख बजेट विनियोजन गरिएको छ। यसै गरी वडास्तरीय कार्यक्रमका लागि १७ करोड बजेट विनियोजन भएको छ।

सामाजिक विकास र सामाजिक सुरक्षातर्फ २६ करोड, शिक्षा, युवा तथा खेलकुद र जनस्वास्थ्य २९ करोड ३२ लाख ४२ हजार रुपैयाँ एवम् स्वास्थ्यका लागि चार करोड ४० लाख ५० हजार रकम विनियोजन भएको छ। यस्तै स्थानीय सेवा मानव संशाधन तथा सुशासन प्रवद्र्धनतर्फ २८ करोड २६ लाख, राजस्व प्रशासन सुधार, सार्वजनिक निजी साझेदारी विभाज्य तथा वित्तीय सेवा समेतका लागि सात करोड रुपैयाँ विनियोजन गरिएको छ।

प्रकाशित: १० असार २०७६ १२:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App