८ वैशाख २०८१ शनिबार
राजनीति

‘सहमति जुटाउन खोज्दा नागरिकता विधेयक अघि बढेन’

फाइल तस्बिर ।

काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले राजनीतिक सहमति जुटाउन खोज्दा नागरिकतासम्बन्धी विधेयक अघि बढ्न नसकेको बताएका छन्।

मंगलबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समितिका सदस्य नवराज सिलवालले प्रश्न उठाएपछि गृहमन्त्री थापाले राजनीतिक सहमतिमै अघि बढाउन खोज्दा नागरिकतासम्बन्धी विधेयक अघि नबढेको बताएका हुन्।

नागरिकतासम्बन्धी विधेयक संवेदनशील विषय भएकाले पनि त्यसलाई पारित गर्न ढिलाइ भएको गृहमन्त्री थापाको दाबी छ। उनले प्रहरी कर्मचारी समायोजनका सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकमा पनि राजनीतिक सहमति जुटाउने प्रयास गर्दा समितिमा पेस गर्न केही ढिलाइ भएको बताए।

नागरिकता विधेयकबारे राष्ट्रिय सहमति खोज्न गत फागुन ७ गते ९ सदस्यीय उपसमिति गठन गरिएको थियो। संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले गठन गरेको उपसमितिले सो विषयमा सहमति जुटाउन अझै सकेको छैन।

नागरिकता विधेयकमाथिको छलफलका क्रममा समितिका सदस्यहरूबीच नेपाली महिलासँग विवाह गर्ने विदेशी र नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई समान व्यवहार गर्ने कि नगर्ने भन्ने विषयमा विवाद छ।

प्रकाशित: १० असार २०७६ ११:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App