८ वैशाख २०८१ शनिबार
अर्थ

शेयर बजारमा सामान्य सुधार

काठमाडौं – धितोपत्र बजारमा आज शेयरको कारोबार मापक नेप्से परिसूचक सामान्य अंकले सुधार भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ०.९६ बिन्दुले बढेर एक हजार २६१.०७ अंकमा पुगेको छ। यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४ बिन्दुले बढेर २७१.४४ मा पुगेको छ।

सामान्य अंकले बढेको बजारमा आज कारोबार रकम भने सामान्य देखिएको छ। कूल १७४ कम्पनीको १३ लाख २४ हजार ५१९ कित्ता शेयर ३६ करोड ४७ लाख ७३ हजार तीन सय ३० रुपैयाँ बराबरको खरिद–बिक्री भए।

स्टकका अनुसार कारोबार भएका १२ उपसमूहमध्ये आज ६ उपसमूहको शेयर बढेको छ भने ६ उपसमूहको शेयर भने घटेको छ। बैंकिङ १.३९, जलविद्युत् १.०२, निर्जीवन बीमा ५.३१, उत्पादन १९.९५, लघुवित्त २.२३ र जीवन बीमा ०.३ अंकले बढेको छ। यस्तै व्यापार २.६२, होटल २१.२५, विकास बैंक ०.५२, वित्त ०.७ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले घटेको छ।

स्टकका अनुसार आज कारोबारका आधारमा एनसिसी बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको दुई करोड ५३ लाख ८४ हजार सात सय १६ बराबरको कारोबार भयो। त्यस्तै प्रभु बैंकको दुई करोड २८ लाख ८२ हजार आठ सय ४४, शिवम् सिमेन्ट एक करोड ९१ लाख ९२ हजार तीन सय ९, नेपाल बैंक लिमिटेड एक करोड ७९ लाख ४० हजार दुई सय ४२, सिद्धार्थ बैंक एक करोड ३६ लाख ९५ हजार तीन सय ११ र मुक्तिनाथ विकास बैंकको एक करोड ३६ लाख बराबर रुपैयाँको कारोबार भई शीर्ष स्थानमा रहे।

स्टकका अनुसार गणपति माइक्रोफाइनान्स वित्तीय संस्था ९.९२, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक ७.५६, लक्ष्मी लघुवित्त वित्तीय संस्था ४.१५ र युनिलिभर नेपालका लगानीकर्ताले ४.०३ प्रतिशतले कमाए। यस्तै मल्टिपर्पोज फाइनान्स कम्पनी ९.६६, राधी विद्युत् कम्पनी ५.५९, गुराँस लघुवित्त वित्तीय संस्था ४.७६, अरुण काबेली पावर ४.२१ र मुक्तिनाथ विकास बैंकका शेयरधनीले ३.५ प्रतिशतले गुमाए। रासस

प्रकाशित: १० असार २०७६ १०:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App