६ वैशाख २०८१ बिहीबार
प्रवास

पोर्चुगलको सडक दुर्घटनामा दुई नेपालीको मृत्यु

पोर्चुगल- गत बिहीबार  राति भएको कार दुर्घटनमा परी निधन भएका  दुई जना नेपालीहरुको शव नेपाल लगिने भएको छ।  पाकिस्तानी चालकले चलाएको कार प्रहरीले रोक्न खोज्दा नरोकी झन् तिब्र गतिमा अघि बढेर दुर्घटना हुदा नवलपरासी जिल्ला, गैंडाकोट नगरपालिका-१६, अमरापुरीका अनिल थापा र बागलुङ जिल्ला, रिघा गाबिस-३, ठुलोरिघाका सन्तोष सापकोटाको घटनास्थलमा मृत्यु भएको थियो।

 शनिबार एनआरएन पोर्चुगलका अध्यक्ष भिम कमल केसीको अध्यक्षतामा भएको बिशेष बैठकले सबै नेपालीहरुबाट आर्थिक संकलन गरी शव नेपाल पुर्याउने निर्णय गरेको हो।  उनीहरू दुबैको शव बेजा अस्पतालमा छ. नेपालि कन्सुलरको सहयोगमा एनआरएनले शव बुझ्ने प्रक्रिया शुरु गरिसकेको छ। 

प्रकाशित: १४ कार्तिक २०७३ १४:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App