निजी क्षेत्रको माग : भारत र बंगलादेशसँग विद्युत विक्री वितरण गर्न पाउनु पर्छ

मङ्गलबार, १० असार २०७६, १५ : ५२ नागरिक

काठमाडौं- स्वतन्त्र उर्जा उत्पादकको संस्था, नेपाल (इप्पान)ले भारत र बंगलादेशसँग निजी क्षेत्रलाई पनि विद्युत विक्री वितरण गर्न पाउने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेको छ।

इप्पानले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी भारत र बंगलादेशसँग निजी क्षेत्रले पनि विद्युत विक्री वितरण गर्न पाउने गरी कानुनी व्यवस्था गर्न उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयसँग माग गरेको हो। इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाँईले ६ हजार मेघावाट विद्युत उत्पादनको कामलाई अघि बढाएको निजी क्षेत्रलाई पनि भारत, बंगलादेशमा विद्युत विक्री गर्न पाउने व्यवस्था गर्न सरकारसँग माग गरिएको बताए। इप्पानको टोलीले हालै भारत र बंगलादेशको भ्रमण गरेपछि दुवै मुलुकमा जस्तै नेपालमा पनि निजी क्षेत्रलाई विद्युत विक्री गर्न पाउने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेको हो।

अध्यक्ष गुरागाईँले नेपालमा विद्युत उत्पादनको अथाह सम्भावना रहेको उल्लेख गर्दै त्यसको बजार व्यवस्थापनका लागि तत्काल क्षेत्रीय बजार स्थापनाका लागि भारत र बंगलादेशसँग पहल गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन्।

इप्पानले भारत र बंगलादेशसँग विद्युत निर्यात तथा क्षेत्रीय व्यापारका लागि स्पष्ट अवधारणा अघि सार्न पनि सरकारलाई दवाव दिँदै आएको छ।

 





यसमा तपाईको मत

अन्य समाचार

माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा थप बीमा सुबिधा

माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा थप बीमा सुबिधा

माछापुच्छ्र्रे बैंकले स्मार्ट बचत खाता खोल्ने ग्राहकहरुलाई १० लाख सम्मको दुर्घटना बीमाको साथमा १८ जटिल प्रकृतिका रोगहरुको उपचारमा ३ लाख...

साधनाको एकीकृत कारोबार सुरु

साधनाको एकीकृत कारोबार सुरु

साधना लघुवित्त वित्तिय संस्थाले आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थालाई प्राप्त गरी साधना लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार प्रारम्भ गरेको...

बजार खुल्दा किन्नेको भिड

बजार खुल्दा किन्नेको भिड

साताको दुई दिन लगातार बढेको नेप्से परिसूचक तेस्रो दिन मंगलबार पनि बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार...

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसी फाइनान्स र ब्लुक्रस हस्पिटलको संयुक्त आयोजनामा विविध कार्यक्रम सञ्चालन भएको छ । ...

देवःको एकीकृत कारोबार सुरु

देवःको एकीकृत कारोबार सुरु

देवः विकास बैंकले वेस्टर्न डेभलपमेन्ट बैंक प्राप्त गरी एकीकृत कारोबार प्रारम्भ गरेको छ । ...

पानीमा कोकको सहयोग

पानीमा कोकको सहयोग

स्मार्ट पानी कम्पनीले बोर्टलस नेपालको सहयोगमा वर्षात्मा परेको पानी जम्मा गर्ने प्रणाली र जमिनमुनिको पानी रिचार्ज गर्ने प्रविधि कान्ति बाल...

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा रिंगटोन बनाउनका लागि केही साना तर झन्झटिला कार्यहरू गर्नु पर्ने हुन्छ | यस लेखबाट आइफोनमा आफूलाई मन लागेको गीतलाई...

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैन्डले ‘मेगा मनसुन फ्री चेकअप क्याम्प’ सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad