coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चन्द्रमामा फस्टाएको व्यापारको ५० वर्षे इतिहास

न्युयोर्क– मानव जातिले चन्द्रमामा पाइला टेकेको ५० वर्ष पुगिसकेको छ। ५० वर्ष पुगिसकेको भए पनि धेरै व्यापारीहरुले आफ्ना व्यवसाय अझै चलाई रहेका छन्। एपोलो ११ को स्पेस चन्द्रमामा सन् १९६९ जुलाई २० मा पहिलो पटक अवतरण गरेको थियो। त्यस पश्चात करिब सय मिलियन मानिसले चन्द्रमा अवलोकन गरिसकेका छन्। मानिस जान थालेपछि स्वभाभिक रुपले कार, टेलिभिजनदेखि विभिन्न अनाजसँगै पेयपदार्थ ट्यांग पनि विक्री वितरण गर्ने अवसर व्यापारीले पाए।

मानव जातिले यो ठूलो सफलता हात पारेको आज ५० औं वर्ष भएको छ। सर्वप्रथम चन्द्रमामा जाँदा अन्तरिक्ष यात्री तथा पाइलट बज एल्ड्रिनले ओमेगा स्पिड मास्टर कम्पनीको ३४ हजार ६ सय डलर पर्ने हाते घडी लगाएका थिए। चन्द्रमामा अवतरण गरेको ५० औं वर्ष पुगेकोमा बडउइजर बियरको नयाँ संस्करणलाई आकर्षित गर्दै उत्सव मनाएका छन्। यो बियरको लेवलमा राखिएको ११ वटा ताराले अपोलो ११ को मिसनलाई प्रतिनिधित्व गर्दछ। जुन चन्द्र सागरमा अन्तरिक्ष यात्री निल आर्मस्ट्रोगं र बज एल्ड्रिनसँगै लिएका थिए।

लेगो नामक एउटा व्यापारिक कम्पनीले त्यस बेला अपोलो ११ लाई चन्द्रमामा अवतरण गराउन मद्धत गरेको थियो। नेविस्को इन्डल्गेन्ट पर्पल मास्सेल्लो मून कुकिज पनि अपोलोद्धारा चन्द्रमामा अवतरण गराइएको थियो। यसरी पहिलो पटक चन्द्रमामा अवतरण गराइएका उत्पादनमा उत्पादक कम्पनीले त्यस पश्चात सामानमा चर्को मूल्य वृद्धि गरेका थिए।

अन्तरिक्ष यात्रीले प्रयोग गर्ने ओमेगा स्पिडमास्टरका घडीले त्यस बेला अपोलो ११ मा चन्द्रमामा जानका लागि ठूलो प्रतिस्पर्धा गरेको थियो। योसँगै अरु थुप्रै घडी कम्पनीहरु पनि प्रतिस्पर्धामा सहभागी थिए। तर सन १९६५ मा नासाद्धारा सर्वोत्तम घडी बनेर ओमेगा स्पिडमास्टरले यो सुनौलो अवसर पायो। यस्तै सन १९७० मा अपोलो १३ का चालकदललाई  स्पिडमास्टरले नै पृथ्वीमा फर्कनका लागि ठुलो सहयोग गरेको चालक दलले भनेका थिए।

अपोलो १३ को मिसनलाई सफल बनाउनमा स्पिडमास्टर घडीको भूमिका महत्वपूर्ण रहेको अपोलो १३ का चालक जेम्स रेगनले भनेका थिए। उनी अवकास प्राप्त नासाका एयरोस्पेस इन्जिनियर हुन्। जसले १९६० ताका घडीको परिक्षण गरेका थिए। 

सन् १९६९ मा ओमेगा स्पिडमास्टरले अन्तरिक्ष यात्रीहरुलाई रात्रि खानाको पनि व्यवस्था गरेको थियो। यसका साथै ९ हजार ६ सय ५० डलर पर्ने घडीमा खिया नलाग्ने, टाइमपिसको सुविधासहित चन्द्रमामा अवतरण गर्दा एल्ड्रिनको लेजर उतिर्ण छवि राखेको थियो। अपोलो स्पेसलाई लक्षित गर्दै विभिन्न किसिमका उपयोगी विशेषताहरु घडीमा जडित गरिएको थियो।

अपोलो मिसन पश्चात घडीले तिब्र गतिका साथ सञ्चार माध्यमहरुमा छाउन सफल भयो। त्यहि उत्सवमा पनि यसले लाइटरहरुले प्रति एक सय डलरले बिक्री गरेको थियो। जिप्पो कम्पनीले आफ्नो विभिन्न किसिमका लाइटरहरु पनि बजारमा ल्यायो। जसले अपोलो ११ मिसनमा अन्तरिक्ष यात्रीहरुले प्रयोग गरेका थिए।

क्रिस्पी क्रीमी दोनट जसलाई अपोला ११ सर्वप्रथम प्रक्षेपण गर्दा सहभागीहरुलाई खुवाइएको उत्सव मनाई रहदाँ नासाले उल्लेख गरेको थियो। यसरी अपोलो ११ मिसनमा योगदान दिएका थुप्रै कम्पनीहरुले ति समय सम्झँदै खुसी व्यक्त गरेका थिए। अपोलो ११ कार्यक्रम १९७२ मा सकिएको थियो।

वार्षिक उत्सव मनाउँदै नासाले आगामी सन् २०२४मा पुनः चन्द्रमा र २०३० मा मार्समा अन्तरिक्ष यात्री पठाउने योजना रहेको नासाका वैज्ञानिक स्कोटले बताए। लेगोले वयस्कहरुको लागि एउटा लुनार लेन्डरको डिस्प्ले सेटको निर्माण गरेको छ।  बालबालिकाका लागि भने रकेट र स्पेशसिपसँग सम्बन्धित खेलौनाहरु बनाएर उनीहरुलाई प्रेरणा दिन खोजेको छ। यी सबै सामाग्री निर्माण गर्नका लागि नासासँग कम्पनीले साझेदारी गरेको छ।

यस्तै बडउइजरले आफु मार्समा जाने पहिलो बियर हुने दावी गरेको छ। वियर कम्पनीका संस्थापक भन्छन्, वियर एउटा यस्तो पेय पदार्थ हो। जसले मानिसलाई सधै जोडेर राख्ने गर्छ। (एजेन्सीको सहयोगमा)

प्रकाशित: १० असार २०७६ ०९:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App