coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

शुक्लागण्डकीले प्राविधिक शिक्षाको पाठ्यक्रम बनाउने

दुलेगौँडा(तनहुँ)– मुलुकको शिक्षा प्रणालीले शैक्षिक बेरोजगार उत्पादनमा मात्रै सघाउ भएकाले अन्तराष्ट्रिय बजारमा बिक्ने जनशक्ति तयार पार्न गण्डकी प्रदेश सरकारले प्राविधिक विश्वविद्यालय स्थापना गर्दैछ। तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा स्थापना गर्ने विश्वबिद्यालयको ८ अर्ब लागत अनुमान गरिएकोमा प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक बर्ष २०७६/०७७ को बजेटमा १० करोड ४० लाख विनियोजन गरिएको छ।

यही उदेश्यसँग मेल खाने गरेर यहाँको शुक्लागण्डकी नगरपालिकाले विद्यालयको तल्लो तहदेखी नै प्राविधिक शिक्षाको स्थानिय पाठ्यक्रम तयार पार्ने नीति लिएको छ। पाँचौ नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपमेयर सविता रसाईलीले सुलभ र गुणस्तरिय प्राविधिक शिक्षाको पहुँचमा विद्यार्थीलाई ल्याउने उदेश्य लिएको बताइन्। उनले भनिन्, ‘एक वडा, एक नुमना विद्यालयको नीति अवलम्बन गरेर सामुदायिक विद्यालयको स्थितीमा सुधार ल्याउछौँ।’

कृषिमा विविधीकरण र व्यवसायीकरणमा जोड दिइने नीतिमा समावेश गरिएको छ। कृषियोग्य भुमिको अभिलेखीकरण गर्ने, भुमि  विकासका लागी चक्लाबन्दी गर्ने, किसानलाई वर्गिकरण गरी आयकर लगाउने, नगरलाई कृषिमा आत्मानिर्भर बनाउन नगर प्रमुख कृषि आत्मनिर्भर कार्यक्रम रसाईलीले जानकारी दिइन्। 

जनप्रतिनिधिीले निर्वाचित भएपछि कार्यभार सम्हाल्न थालेपछिको तेस्रो पटकको नीति तथा कार्यक्रमले पुर्वाधार विकासलाई प्राथमिकता दिएको छ। पुर्वाधारतर्फ सडक स्तरोन्नतीलाई जोडबल गरेर समेटिएको छ। उपमेयर रसाईलीले भनिन्, ‘नगरकेन्द्र र वडा केन्द्रलाई जोड्ने सडकको स्तरोन्नती गरिन्छ। आगामी तीन वर्षमा वडा कार्यालय जोड्ने सडक कालोपत्रे हुन्छ।’  उनले यहाँका १३ वटा  प्रमुख सडकहरुको क्रमिक रुपमा लागत कट्टा गर्ने उनले उल्लेख गरिन्।

नगरसभामा आगामी आर्थिक वर्षका लागी ८५ करोड ६८ लाख १२ हजार ८ सय ७५ रुपैयाँको अनुमानित आयव्यव्य प्रस्तुत गरिएको छ।

प्रकाशित: १० असार २०७६ ०८:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App