गुठीका गुण

मङ्गलबार, १० असार २०७६, १३ : २६ शिवहरि घिमिरे  | @shivsamir

काठमाडौं – मूर्त–अमूर्त मौलिक सम्पदाको मूल संरक्षक गुठीका गुण धेरै छन्। गुठीका ती विशेषता हेर्न अन्त जानुपर्दैन। उपत्यकामा दिनहुँजसो निकालिने/मनाइने जात्रा–पर्वमा गुठी र गुठीयारको भूमिका उच्च देखिन्छ। जात्रा पर्वको बेला सहरका सडक मर्मत गर्ने, स्वयम्सेवक खटाउने, नाच तयारी गर्ने, आर्थिक स्रोत संकलन गर्ने, गुठी–गुठीबीच समन्वय गराउने, श्रृंगार तयार पार्ने, पाहुना बोलाउने, रथ निर्माण गर्नेलगायत काममा गुठीकै हातेमालो चल्छ।

यतिमात्रै होइन, सरकारी बेवास्ताका कारणले संकटमा पर्न गएका मौलिक परम्परा र संस्कृतिलाई यिनै गुठीले लयमा हिँडाएका छन्। गुठीका कतिपय काम रोचक पनि छन्। जात्राको बेला हिँड्दाहिँड्दै पानी खुवाउने, फोहर टिप्ने, श्रृंगारका लागि फूल ल्याउने, मठ मन्दिर वा दरबार क्षेत्रमा बत्ती बाल्नेलगायतका काम पनि गुठीले नै गरेका हुन्छन्। यसकारण पनि कलैकलाको नगरी उपत्यकाका धेरै जात्रा/पर्व गुठीबिना अधुरै रहने आम ठम्याइ छ। लिच्छवीकाल अघिदेखि नै यहाँको रैथाने संस्कृति थाम्ने प्राणका रूपमा गुठीलाई लिइँदै आइएको छ। जात्रा/पर्वमा हुने हरेक रोचक क्रियाकलाप गुठीकै उपहार हुन्।

जात्राको बेला हिँड्दाहिँड्दै पानी खुवाउने, फोहर टिप्ने, श्रृंगारका लागि फूल ल्याउने, मठ मन्दिर वा दरबार क्षेत्रमा बत्ती बाल्नेलगायतका काम पनि गुठीले नै गरेका हुन्छन्। यसकारण पनि कलैकलाको नगरी उपत्यकाका धेरै जात्रा/पर्व गुठीबिना अधुरै रहने आम ठम्याइ छ।

उपत्यकाको चर्चित जात्रा ईन्द्रजात्रामा २९ गुठीको सहकार्य हुँदै आएको छ। यी गुठीका सदस्यले विभिन्नखाले व्यवस्थापनको जिम्मेवारी लिँदै आएका छन्। कुमारी, गणेश, भैरव, लाखे आजु, हलचोक, आकाश भैरव, पुलुकिसी आजु, लाखेनाच, श्वेत भैरव, स्वच्छन्द भैरव, अशोक विनायक, दागी, किसिचा, कुमारी देवी, महाकालीलगायत गुठीले हातेमालो गर्ने परम्परा छ। यी गुठीले फरक–फरक काम गर्छन्। जात्रा व्यवस्थापनका लागि कोहीले नाच तयारी, कोहीले सरसफाइ, जात्राको बेला श्रद्धालुलाई पानी खुवाउने, सडक सफा राख्ने, खाजा–खानाको व्यवस्थापन गर्ने गर्नेलगायत सम्पूर्ण जिम्मेवारी गुठीकै माध्यमबाट गरिएको हुन्छ।

गुठीकै कारण ईन्द्रजात्राजस्ता ठूला पर्वलाई ऐतिहासिक बनाइराख्न सकिएको वसन्तपुरका स्थानीय गौत्तम शाक्यले बताए। उनका अनुसार गुठीनै जात्रा/पर्वको सर्वस्व हो। ‘गुठीबिना कुनै पनि जात्रा र पर्व टिक्नै सक्दैन, जात्राको बेला सानो–सानो कामदेखि ठूलाठूला जिम्मेवारीसमेत गुठीलाई दिइएको हुन्छ,’ उनले भने।

लाखे नाच संरक्षण समिति अध्यक्ष राजीव रञ्जितकारका अनुसार उपत्यकाका मुख्य जात्राको खर्चसमेत गुठी र सरकारी सहयोगबाटै जुट्ने गरेको छ। जात्रा सुरु भएसँगै विभिन्न देवीदेवतालाई गुठीमा राख्ने गरिन्छ। गुठीनै सक्रिय भएर जात्राको बेला विभिन्न नाच, रथयात्रा र जात्रा प्रस्तुत गर्छन्।  

संस्कृतिविद् तथा प्रज्ञा प्रतिष्ठानका उपकूलपति जगमान गुरूङले सामाजिक मूल्य मान्यतालाई कायम राख्दै धार्मिक, सांस्कृतिक र रैथाने रीतिरिवाजलाई गुठीले उत्थान गरेको बताए। उनले गुठीका काम कारबाही निकै वैज्ञानिक र धर्म संस्कृति जोगाउने किसिमका रहेको जानकारी दिए। ‘गुठीले उपत्यकालाई जीवन्त राखेको छ, टोलटोलमा मेलमिलाप कायम राखेको छ,’ उनले भने, ‘वर्षौं पुराना संस्कृतिको जगेर्ना गर्दै नयाँ पुस्तामा सांस्कृतिक महत्व बुझाउने काम पनि गुठीले नै गरेको छ।’

गुठीका अध्ययनकर्ता तथा जानकार पवित्र बज्राचार्यले गुठीका विशेषता र गुण धेरै रहेको बताए। उनले जात्राको बेला पानी खुवाउने, निजी देवताको पूजा गर्ने, रथ निर्माण गर्ने, भ-याङ बनाउने, पशुपतीमा गएर पूजा गर्ने, समुदायमा आपतविपद् पर्दा सहयोग गर्ने, सरकारी निकाय समक्ष जात्रा पर्वको जानकारी गराउने, जात्रा चलिरहेको बेला घैँटोमा पानी ल्याएर खुवाउने, जात्राका लागि गरगहना बनाउने, फूल ल्याउने, मठ मन्दिर वा दरबार क्षेत्रमा बत्ती बाल्ने, भजन वा दाता सञ्चालन गर्नेलगायत धेरै काम गुठीले गर्दै आएको जानकारी दिए। उनले भने, ‘गुठीका काम असीमित छन्, गुठीबिना कुनै पनि जात्रा पर्व सभ्य र भव्य हुनै सक्दैन, गुठी जात्रा/पर्वका लागि मुटुनै हो।’

उनका अनुसार राज गुठी–उपत्यकाका ठूलाठूला जात्रा/पर्वको बेला त्यसको तयारी गर्ने जिम्मा राजगुठीको नै हुन्छ। नेपालमा मल्लकाल वा सो भन्दा अघि देखिनै राज्यले चलाएका गुठी छन्।

छुट गुठी

१८६२ मा राजा रणबहादुर शाहको पालाका जनताको गुठीको जग्गा सरकारले नियन्त्रण गरेको थियो। सरकारले सबै गुुठीको जग्गा हडपेपछि स्थानीय आक्रोशित र आन्दोलित बने। त्यसपछि राज्यले ती गुठीको जग्गा जनतालाई पुनः फिर्ता गरेको थियो। सरकारले हडपेर फिर्ता दिएकाले यस गुठीलाई छुट गुठी भन्ने प्रचलन रह्यो।

निजी गुठी

आफ्नै पैसा वा सम्पत्ति राखेर सञ्चालन गर्दै आएको गुठी निजी गुठी हो। अहिले गुठी संस्थानका अनुसार अहिले तीन हजार बढी निजी गुठी छन्। त्यसमध्ये केही गुठी खारेज भएका पनि छन्।

पशुपती क्षेत्रमा पनि दुई सय ३६ गुठी छन्। यी गुठीको जग्गाको कुनै लेखाजोखा छैन। यहाँ नित्य पूजा, विशेष पूजा, महास्नानदेखि बाँदरलाई मकै छर्नेसम्मका गुठी छन्। त्यस्तै आर्यघाट र पूर्वको राम मन्दिर सञ्चालनका गर्ने जिम्मा रामचन्द्र गुठीको हो। यसको जग्गा ७६ रोपनी बढी छ।

पशुपतिनाथका पुजारी केदारमान भण्डारीले धेरै गुठी रहे पनि ती गुठीहरू निष्क्रिय रहेको जानकारी दिए। उनका अनुसार पशुपति क्षेत्रमा रहेका डमरु, त्रिशुल गुठीबाहेक सबैको सञ्चालन, व्यवस्थापन गुठी संस्थानले गर्दै आएको छ। तर, संस्थानले गुठीलाई व्यवस्थित बनाउनेतर्फ चासो नदिएको भण्डारीको तर्क छ।

पुल बनाउने गुठी

पहिले–पहिले उपत्यकामा हिउँदको बेला साह्रै चिसो हुन्थ्यो। खोलामा पानीको वहाब बढी र कठ्यांग्रिने चिसोका कारण सबैतिरबाट खोला तर्न सम्भव थिएन। त्यस्तो बेला उपत्यकाका गुठीले गुणकारी काम गरेका हुन्थे, विष्णुमती, डल्लु र कालीमाटीमा तीनवटा काठका पुल बनाएर। सरकारले गर्न नसकेको काम त्यतिबेला गुठीकै भर पथ्र्याे।

किसान र आवतजावत गर्ने बटुवाले तिनै काठे पुल प्रयोग गरेका हुन्थे। कंगेश्वरीबाट डल्लुतर्फ जाने झोलुंगे पुल पनि मानन्धर गुठीले नै बनाएको हो। यो पुल अहिले पनि जीवितै छ। स्थानीयलाई आवतजावत गर्न कठिन भएको बेला सामाजिक कामअन्तर्गत गुठीले सामूहिकरूपमा मिलेर पुल बनाउने गरेको नेपाल भाषाका अभियन्ता सुरेश किरणले जानकारी दिए। उनका अनुसार  त्यतिबेलादेखि नै गुठीहरूले सामूहिक हातेमालो गर्दै विकास निर्माणका काम गर्दै आएका थिए।

नेवारी परम्पराअनुसार नेवार समुदायमा दुई गुठी बढी प्रचलित छन्, जसमा सना गुठी र सि गुठी। सना र सि गुठीले हातेमालो गर्दै नेवार समुदायमा काम गरेका हुन्छन्। नेवार समुदायमा कसैको मृत्यु भइसकेपछि घाटसम्म पु¥याउने काम सना गुठीले गरेको हुन्छ भने जलाउने र अन्य व्यवस्थापनको काम सि गुठीले गरेको हुन्छ।





यसमा तपाईको मत

अन्य समाचार

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

सिभिल बैंक लिमिटेडको शाखा बाँकेको कोहलपुरमा

सिभिल बैंक लिमिटेडको शाखा बाँकेको कोहलपुरमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बाँकेको कोहलपुरमा शाखा संचालनमा ल्याएको छ। सो शाखाको उद्घाटन कोहलपुर नगरपालिकाका नगर प्रमुखु लुट...

ग्राउन्ड सेवा प्रभावकारी बनाउँदै वायुसेवा निगम

ग्राउन्ड सेवा प्रभावकारी बनाउँदै वायुसेवा निगम

नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवालाई थप स्तरीय बनाउन विभिन्न उपकरण खरिद प्रक्रिया अगाडि बढाइएको छ। ...

सिभिल बैंकलाई आइ एस ओ सर्टिफिकेट 9001:2015 प्राप्त

सिभिल बैंकलाई आइ एस ओ सर्टिफिकेट 9001:2015 प्राप्त

सिभिल बैंकको सिभिल ट्रेड सेन्टर, सुन्धारा स्थित कर्पोरेट अफिसमा आयोजित एक कार्यक्रमका बीच आइ एस ओ 9001:2015 को प्रमाणपत्र आइ...

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बिक्रेता, सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले ३ गते सम्म ऐक्सचेन्ज अफर सहितको फ्रि मनसुन चेकअप...

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

नेपालको लागि अनरको आधिकारिक बिक्रेता क्रेटोस टेक्नोलोजिज प्रा. लि.ले एक महिना अगाडी सफतापूर्वक बजेट सेगमेण्टको अनर 8A  लन्च गरे लगत्तै...

काठमाडौंको ताम्राकार कम्प्लेक्समा सामसङ मोबाइलको सर्भिस् सेन्टर

काठमाडौंको ताम्राकार कम्प्लेक्समा सामसङ मोबाइलको सर्भिस् सेन्टर

सामसङ नेपालले हालै काठमाडौंको न्युरोड स्थित ताम्राकार कम्प्लेक्सको तेश्रो तलामा आफ्नो आधिकारिक सर्भिस् सेन्टर उच्च स्थरिय सेवा सहितको  शुभारम्भ गरेको...

पब्जीजस्ता अनलाइन गेम खेल्दा ल्याग हुन्छ ? यस्तो छ पिंग घटाउने तरिका

पब्जीजस्ता अनलाइन गेम खेल्दा ल्याग हुन्छ ? यस्तो छ पिंग घटाउने तरिका

स्मार्टफोनमा पब्जी वा अन्य कुनै अनलाइन गेममा खराब इन्टरनेटले र ल्यागले मज्जा नै खराब गर्छ ...

Ncell Footer Ad