रुसी, अमेरिकी अन्तरिक्ष यात्री सकुशल फिर्ता

मङ्गलबार, १० असार २०७६, १३ : ३४ नागरिक

कजाखस्तान– अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट तीन जना अन्तरिक्ष यात्री मङ्गलबार सकुशल पृथ्वीमा फिर्ता भएका छन्। यसअघि अन्तरिक्ष यान प्रक्षेपणका क्रममा दुर्घटना भएपछि रुसको अन्तरिक्ष कार्यक्रमको भविष्यकै बारेमा आशंका उत्पन्न भइरहेका समयमा रुसी वैज्ञानिकहरुलाई सफलता प्राप्त भएको हो।

कजाखिस्तानको झेखाजगान शहर नजिक अन्तरिक्ष यात्रीहरु सकुशल अवतरण गरेका थिए। पहिलो चरणमा पृथ्वीमा आइपुगेका अन्तरिक्ष यात्रीहरुमा नासाका अन्तरिक्ष यात्री आन क्याकक्लेन, वरिष्ट रुसी अन्तरिक्ष यात्री ओलेग कोनोनेन्को र क्यानाडाली अन्तरिक केन्द्रका डेभिड सेन्ट–ज्याक्स रहेका छन्।

नासा टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिएको अवतरणको दृश्यमा तीनै जना यात्रु पृथ्वीमा अवतरण गरेपछि साथीहरुसँग मुस्काइरहेका थिए। क्यानाडाली र अमेरिकी अन्तरिक्ष यात्री कजाखस्तानबाट मस्को हुँदै स्वदेश फर्किने छन्। 

तीनै जना अन्तरिक्ष यात्री गत डिसेम्बर ३ मा रुसी अन्तरिक्ष यान सोयुजबाट अन्तरिक्षमा जानु भएको थियो । तर गत वर्षकै अक्टोबरमा रुसी अन्तरिक्ष यात्री अलेक्सी ओभ्चिनीन र अमेरिकी अन्तरिक्ष यात्री निक हेग चढेको यान भने दुर्घटनाग्रस्त भएको थियो। उड्नासाथ दुर्घटना भए पनि उक्त यानबाट दुबै यात्रीले आपतकालीन अवतरण गरेका थिए। रुसी अन्तरिक्ष विज्ञानमा सन् १९९० यता यो पहिलो दुर्घटना थियो । 

चालीस वर्षीया अन्तरिक्ष यात्री म्याकक्लेनले गरेको ट्वीटमा पृथ्वीमा अवतरण गर्नुअघि आफूले अन्तिम पटक अफ्रिकी आकाशमाथिबाट गुज्रेको बताए। अन्तरिक्ष केन्द्रमा रहँदा उहाँले दुई पटक अन्तरिक्षमा हिँडेका थिए।

सन् २०११ देखि रुसले मात्र अन्तरिक्ष केन्द्रमा मानिस पठाएको छ। अमेरिका समेतका मुलुकले अन्तरिक्ष यात्रा खर्चिलो भएको भन्दै हाल स्थगित गरेका छन्।

रुसले हालसम्म सात जना पर्यटकलाई अन्तरिक्ष केन्द्रमा पठाएको छ र सन् २०२१ देखि यसमा वृद्धि गर्ने जनाएको छ। एएफपी





यसमा तपाईको मत

अन्य समाचार

माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा थप बीमा सुबिधा

माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा थप बीमा सुबिधा

माछापुच्छ्र्रे बैंकले स्मार्ट बचत खाता खोल्ने ग्राहकहरुलाई १० लाख सम्मको दुर्घटना बीमाको साथमा १८ जटिल प्रकृतिका रोगहरुको उपचारमा ३ लाख...

साधनाको एकीकृत कारोबार सुरु

साधनाको एकीकृत कारोबार सुरु

साधना लघुवित्त वित्तिय संस्थाले आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थालाई प्राप्त गरी साधना लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार प्रारम्भ गरेको...

बजार खुल्दा किन्नेको भिड

बजार खुल्दा किन्नेको भिड

साताको दुई दिन लगातार बढेको नेप्से परिसूचक तेस्रो दिन मंगलबार पनि बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार...

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसी फाइनान्स र ब्लुक्रस हस्पिटलको संयुक्त आयोजनामा विविध कार्यक्रम सञ्चालन भएको छ । ...

देवःको एकीकृत कारोबार सुरु

देवःको एकीकृत कारोबार सुरु

देवः विकास बैंकले वेस्टर्न डेभलपमेन्ट बैंक प्राप्त गरी एकीकृत कारोबार प्रारम्भ गरेको छ । ...

पानीमा कोकको सहयोग

पानीमा कोकको सहयोग

स्मार्ट पानी कम्पनीले बोर्टलस नेपालको सहयोगमा वर्षात्मा परेको पानी जम्मा गर्ने प्रणाली र जमिनमुनिको पानी रिचार्ज गर्ने प्रविधि कान्ति बाल...

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा रिंगटोन बनाउनका लागि केही साना तर झन्झटिला कार्यहरू गर्नु पर्ने हुन्छ | यस लेखबाट आइफोनमा आफूलाई मन लागेको गीतलाई...

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैन्डले ‘मेगा मनसुन फ्री चेकअप क्याम्प’ सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad