७ वैशाख २०८१ शुक्रबार
समाज

विमला तामाङ मृत्यु प्रकरण : राेकिएन आफन्तकाे प्रदर्शन(फाेटाेफिचर)

काठमाडाैँ - यही असार ३ गते कुमारीगालस्थित समता अस्पतालमा मृत भेटिएकी २७ वर्षीया विमला तामाङका आफन्तले अझै शव बुझेका छैनन् । तामाङको हत्या गरेर शव झुण्ड्याइएको भन्दै आफन्तले एक सातादेखि दैनिक महानगरीय प्रहरी वृत्त गौशाला अगाडि प्रदर्शन गर्दै आएका छन् ।

असार २ गते बेलुकी निवासमा नगएपछि परिवारले उनको खोजी गरेका थिए । ३ गते अस्पतालमा झुण्डिएको अवस्थामा तामाङको शव फेला परेको थियो । तामाङका श्रीमान् बुद्धिराजले अस्पतालकी प्रशासन प्रमुख कला सञ्जेल, सोधपुछ कक्षकी सङ्गीता केसी र कार्यालय सहयोगी तीर्थकुमारी श्रेष्ठविरुद्ध किटानी जाहेरी दिएपछि तीनै जनालाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको प्रहरी वृत्त गौशालाका प्रमुख प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए।

काभ्रेपलाञ्चोक जिल्ला सुनकोशी गाउँपालिका–३, कात्तिके देउराली स्थायी घर भएकी तामाङले दुई महीनादेखि अस्पतालमा काम गरेको तलब पाएकी थिइनन् । काम गरेको तलब पाएपछि अस्पताल छोड्छु भनेको प्रदर्शनमा उत्रिएका आफन्त देव लामाले सुनाए।

प्रदर्शनमा उत्रिएका केही आफन्तले भने तामाङको मिर्गौला झिकेर बेच्ने उद्देश्यले उनको हत्या गरिएको आरोप लगाएका छन् । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App