ताराखोलाले ‘भ्रमण वर्ष’ मनाउने

मङ्गलबार, १० असार २०७६, १२ : ०५ नागरिक

वाग्लुङ – ताराखोला गाउँपालिकाले विसं २०७७ लाई ‘भ्रमण वर्ष’ घोषणा गरेको छ। गाउँपालिकाले आउँदो आर्थिक वर्षको बजेट तथा कार्यक्रममा सो कुरा समावेश छ। पर्यटन प्रवद्र्धन तथा भ्रमण वर्ष सफल पार्न  ७० लाख रूपैयाँ बजेट छुट्याइएको छ।

पर्यटन प्रवद्र्धनका लागि भ्रमण वर्ष मनाउने निर्णय भएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताए। ‘आन्तरिक पर्यटकलाई ताराखोला भित्र्याउने लक्ष्य छ, यो वर्ष पूर्वाधार निर्माण र प्रचारप्रसारमा जोड दिन्छौँ।’ सडक स्तरीकरण, सरसफाइ, कला, संस्कृतिको संरक्षण, घरवास (होमस्टे) सञ्चालनलगायत पूर्वाधार तयारीका काम अघि बढाइनेछ उनले भने।

पर्यटनका लागि चाहिने न्यूनतम पूर्वाधार र सेवासुविधाका लागि बजेटमार्फत काम हुने अध्यक्ष घर्तीले बताए। प्राकृतिक सौन्दर्य, कला, संस्कृति र रहनसहनका कारण ताराखोलामा पर्यटक लोभिनेछन्। स्थानीय उत्पादनमा पनि ताराखोला अघि छ। यहाँको मुख्य बाली आलु र भाँगो हो। गाईघाटको झरना, डुडेलेकलगायतका दर्जनौँ पर्यटकीय गन्तव्य यहीँ पर्छन्। ऐतिहासिक भुस पोल्ने, सिस्नो खोस्ने, असारे मेला जस्ता मौलिक संस्कृतिले पनि ताराखोला धनी छ।

पारिवारिक वातावरणमा बसोबास, स्थानीय परिकार, मौलिक संस्कृति, पर्यटकीय क्षेत्रको घुमफिरका लागि ताराखोला उचित गन्तव्य मानिन्छ।पर्यटकीय सम्भावनायुक्त भएर पनि पूर्वाधार र प्रचारप्रसार अभावले ताराखोला ओझेलमा छ। व्यवस्थित सडक, पर्यटनमैत्री पूर्वाधार र गन्तव्यस्थलको पहिचान गर्न सके ताराखोलाले पर्यटनमा फड्को मार्ने देखिन्छ।

नीति, कार्यक्रममै भ्रमण वर्ष घोषणा हुनले पर्यटन क्षेत्रमा सकारात्मक सन्देश दिएको पर्यटन विकास समिति बागलुङका उपाध्यक्ष राज थापाले बताए। ‘ताराखोला पर्यटकीय सम्भावनाले भरिएको क्षेत्र हो’, उनले भने, ‘भ्रमण वर्षले जिल्लाकै पर्यटन प्रवद्र्धनमा टेवा पुग्नेछ।’

गाउँपालिकाकै पहलमा वडा नं २ अर्गल र ५ को सीपमा घरवास (होमस्टे) सञ्चालनको तयारी छ। घरवासमा पूर्वाधार तयारीको काम भइरहेको जनाइएको छ। चालू आवमा घरवास कार्यक्रमका लागि गाउँपालिकाले १० लाख रुपैयाँ बजेट छुट्याएको थियो।

पर्यटनसँगै पूर्वाधार विकास, कृषि, शिक्षा, खानेपानी, खेलकूदलगायत बजेटको प्राथमिकतामा छन्। आउँदो वर्षभित्र ‘उज्यालो गाउँपालिका’ घोषणा गर्ने योजना छ। गाउँपालिकाले आगामी वर्षका लागि २५ करोड ३५ लाख ३१ हजार रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ। ससर्त अनुदानसहित चालूतर्फ १३ करोड ७० लाख रुपैयाँ, पूँजीगततर्फ नौ करोड ७२ लाख ३१ हजार रुपैयाँ र चालू प्रशासनिकतर्फ चार करोड ८५ लाख ७० हजार रुपैयाँ छ।रासस








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

आइएमईमा डबलको डबलको डबल अफर

आइएमईमा डबलको डबलको डबल अफर

सेवाग्राहीद्वय सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंकले मोरङको जिल्लाको विराटनगर–०१, पुष्पलालचोकमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन विराटनगर नगरपालिकाका नगर प्रमुख भिम पराजुलीले...

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्ट्स लिमिटेडले हिन्दुहरुकोे महान पर्व तिहारको अवसर पारेर सम्पूर्ण ग्राहकहरुलाई दिपावलीको शुभकामना व्यक्त गर्दै “यो तिहार शिवमको"  साथमा, चाँदीको...

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालन सुरु गरेपछि क्रमिक रुपमा आम्दानी हुँदै गयो । खर्च कटाएर एक वर्षमा रु तीन लाख जति आम्दानी भएपछि यतिखेर...

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मकवानपुरको मनहरीमा प्रदेश नं ३ सरकारले दुई अर्ब रुपैयाँ लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । ...

सुनको मूल्य सय रुपैयाँ घट्यो

सुनको मूल्य सय रुपैयाँ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । ...

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयर प्रालिले खरिद गरेको नयाँ हेलिकप्टरले व्यावसायिक उडान सुरु गरेको छ । ...

Ncell Footer Ad