सम्पदा संरक्षणको सिद्धान्त

मङ्गलबार, १० असार २०७६, १० : ३७ गोविन्द न्यौपाने

 ज्ञानिन राई/गोविन्द न्यौपाने
गएको भूकम्पपछि सम्पदा संरक्षणका विषयमा अनेक बहस र पैरवी भए। राजनीतिक वृत्तमा प्रचलित यथास्थितिवाद र उग्रगमन भाव बोक्ने शब्द सम्पदा संरक्षणका विषयमा पनि देखिएका छन्। सम्पदा संरक्षणमा परम्परागत प्रविधि नै प्रयोग गर्नुपर्छ भन्ने र होइन आधुनिक विज्ञानका प्रविधि पनि स्वीकार गर्न आवश्यक छ भन्ने विचारबीच टकरावका कारण लामो समयसम्म रानीपोखरी, काष्ठमण्डप र धरहरालगायतका सम्पदा संरक्षणको पर्खाइमा रहे। सम्पदा संरक्षणका विषयमा अदालतमा मुद्दा नै प-यो। लामो विवादबीच भग्नावशेष धरहरालाई भग्न रूपमै संरक्षण गरी नयाँ बनाउने निर्णय भएको हुँदा अब बन्ने धरहरालाई नवनिर्माण नै भन्नु उचित हुन्छ किनभने यसमा अब पुरातात्विक विषयको कुनै भूमिका नदेखिने महसुुुुस हुन्छ।

स्थानीय बासिन्दाको अगुवाइमा विशेष  समिति बनी त्यसैबाट काष्ठमण्डप पुनर्निर्माण अगाडि बढेकाले यसको निर्माण प्राचीन पद्धति र विधिबाटै हुने सुनिश्चित छ। सम्पदा अभियन्ता, आमसञ्चारलगायतको दबाबका कारण बागदरबार, रानीपोखरीलगायत सम्पदा परम्परागत संरक्षण विधिअनुरूप नै बन्ने निश्चित प्रायः देखिन्छ। अतः सम्पदा संरक्षणको मूल मर्मलाई (सम्पदाको मौलिक स्वरूप र संरचना परिवर्तन नगरी संरक्षण गर्नुपर्छ भन्ने सिद्धान्त जुन पारम्पारिक र अन्तर्राष्ट्रिय सिद्धान्त पनि हो) नै स्वीकार गर्नुपर्छ भन्ने धारको जित भएको देखिन्छ तर विपरीत धारको दबाबसँग सरोकारवाला निकायहरूले सामना गर्नुपरिरहेको प्रसंग बरोबर सुनिएको छ। उल्लिखित दुई धारका विषयमा उठेका तथ्य के हुन् त भन्ने विषयलाई नै यस आलेखमा विशेष चर्चा गरिएको छ।

सम्पदा संरक्षण गर्दा ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र आधिकारिक मूल्यलाई विशेष ध्यान दिनुपर्छ अर्थात् सम्पदाका स्रष्टा र सर्जकको आत्माको उचित सम्मान गर्नु नै संरक्षण सिद्धान्तको मूल मर्म हो।

सम्पदा संरक्षण गर्नु अत्यन्त कठिन कार्य हो। सम्पदा संरक्षण गर्नुभन्दा पहिले सम्पदास्थल वरपरका वातावरण, पर्यावरण एवं धर्म–संस्कृति, सामाजिक तथा सांस्कृतिक संरचना र भौतिक अवस्थितिको गहिरो अध्ययन गर्नुपर्छ। यहाँको भौगोलिक संरचनाले र समय–समयमा आउने भूकम्पलगायतका प्राकृतिक विपत्तिहरूले सोहीअनुरूपका चुनौती सामना गर्ने सम्पदा वास्तुकला विकासले प्राचीन भवन निर्माण प्रविधि र पद्धति वैज्ञानिक एवं भूकम्प प्रतिरोधात्मक भएको प्रमाणित गरेका छन्।  २०७२ वैशाख १२ र २९ गते गएको भूकम्प र त्यसपछिका परकम्पले हाम्रा सम्पदाहरूमा पूर्ण एवं आंशिक क्षति पु¥याएको देखिन्छ। तर सम्पदाको संरचनागत कमजोरीले नभई विगतमा गरिएका  अवैज्ञानिक संरक्षणका कारण असन्तुलित भई क्षति हुन पुगेको विद्वान्हरूको भनाइ छ। मूलतः वास्तुकलात्मक ढाँचा, निर्माण प्रविधि तथा भवनका विभिन्न अवयवको कालिगढको एकीकृत संयोगबाट निर्माण भई तिनको लामो  अभ्यास र अनुभवबाट प्रभावकारी कार्यक्षमता रहेका भनी सिद्ध भएका परम्परागत वास्तुकलाको संरचनागत मूल्यांकन र गतिशीलता क्षतिशीलता विश्लेषणका आधारमै सम्पदाको समग्र पक्ष अध्ययन गर्नु आवश्यक हुन्छ (सुदर्शनराज तिवारी)।

सम्पदा संरक्षणबारे छलफलका क्रममा दुई धार देखिएका छन्। एउटा पक्ष– कट्टर परम्परावादी जसले आधुनिक विज्ञान प्रविधि अपनाउनै हँुदैन भन्ने मत व्यक्त गरेको छ, अर्काे पक्ष– सम्पदा संरक्षणका परम्परागत पद्धति असफल भइसक्यो, अब नयाँ र आधुनिक पद्धति विज्ञानसम्मत तरिकाबाट प्रयोग गर्नुपर्छ भन्छ। मूलरूपमा यी दुवै बहसको बीचमा रहेर सम्पदा संरक्षणको वास्तविक मर्म खोजी गर्नुपरेको छ। वास्तवमा अन्तरप्रज्ञाको आँखा खोलेर यसको विश्लेषण गर्न सकिएको छैन। जीविकाको खोजी र निजी व्यवहारमा लाग्दालाग्दै हामीले के गुमाइरहेका छौँ त ? कता पुगिरहेका छौँ र हाम्रा सुन समानका सम्पदाहरूको  सुगन्ध कता हराइरहेको छ भन्ने मर्म नबुझ्नु नै सम्पदा संरक्षणको प्रमुख चुनौती हो।

सम्पदामा निहित ऐतिहासिक मान्यताप्राप्त तथा सामाजिक तथा वैज्ञानिक आधारमा स्वीकार्य मौलिक मूल्य, मान्यता, चरित्र र प्रकृतिगत विशेषता आदि नै आधिकारिकता हो भनी भूकम्पपछिको सम्पदा संरक्षणसम्बन्धी आधारभूत निर्देशिका २०७२ ले परिभाषित गरेको छ। यसमा अभिव्यक्त सम्पदा संरक्षण सिद्धान्तको व्यावहारिक कार्यान्वयन नै आजको प्रमुख चुनौती हो।

हाम्रा सम्पदा प्राकृतिक जीवनचक्रसँग अनुकूलित हुने अवधारणामा आधारित छन्। तर सम्पदा संरक्षणका नाममा यसको परम्परागत मौलिकता र निर्माण पद्धति बेवास्ता गर्न अभिप्रेरित भएको पाइन्छ। सम्पदा बलियो बनाउने निहुँमा यसका मौलिक सामग्री र प्रविधिसँगै  आधुनिक र गैरमौलिक सामग्री र प्रविधि मिसाएर प्रयोग गर्नुपर्छ भन्दै सम्पदाहरूको स्तर सुधार गर्ने धुनमा तिनलाई वर्णशंकर बनाउने प्रयासमा उद्यत भएको महसुुस हुन्छ। तर सैद्धान्तिक वा प्रविधिगत जुनसुकै हिसाबले आधुनिक विधिबाट सम्पदा सबलीकरण गर्न  प्रमाणित गर्ने आधारमा परम्परागत सम्पदा संरक्षणका कमजोरीहरू खोजी गर्नुभन्दा तिनीहरूमा रहेको  विशिष्टताको विश्लेषण र अध्ययन गरी प्रकाशमा ल्याउनु नै आजको आवश्यकता हो। सम्पदा संरक्षणमा आधुनिक पद्धति अपनाउनै हुंदैन भन्ने पनि होइन । भेनिस चार्टर– १९६४ मा संरक्षणसम्बन्धी न्यूनतम हस्तक्षेपको प्रावधान छ। परम्परागत पद्धतिअनुरूपका पदार्थ वा निर्माण पद्धतिअनुसार निर्माण गर्न नसकिने अवस्था भए अन्तिम अवस्थामा मात्र प्राचीन स्वरूपसँग कायम हुनेगरी आधुनिक विधि र पदार्थ अपनाउन सकिने छ भनी व्यवस्था गरिएको छ।

सम्पदा संरक्षणमा न्यूनतम हस्तक्षेपको यस सिद्धान्तलाई नेपालको सम्पदा संरक्षणसम्बन्धी कार्यविधिमा  स्वीकार गरिएको छ। भूकम्पले क्षति पु-याएका सम्पदाहरूको संरक्षण एवं पुनर्निर्माणसम्बन्धी आधारभूत निर्देशिका¬–२०७२ मा कुनै कारण सम्पदामा क्षति पुगे वा क्षति पुग्न लागेका स्मारक बचाउन, थप क्षति हुन नदिन, सम्बन्धित निकाय वा अधिकारीले प्रचलित नियम–कानुनबमोजिम सञ्चालन गर्ने संरक्षणलगायतका सम्पूर्ण क्रियाकलापलाई बुझ्नुपर्छ भनिएको छ। वस्तुतः आवश्यकता हेरी न्यूनतम हस्तक्षेपको सिद्धान्त नकार्न सकिने होइन तर यसको औचित्य र आवश्यकतालाई तथ्यगत र तार्किक दृष्टिकोणबाट प्रमाणित गर्नुपर्छ। सम्पदा संरक्षणको मूल उद्देश्य नै हाम्रा प्राचीन सम्पदा र त्यससँग गाँसिएका धर्म, संस्कृति, इतिहास, दर्शन आदिको मौलिकता र आधिकारिकता जस्ताको तस्तै संरक्षण गरी पुर्खाको नासो भावी पुस्ताका लागि बचाएर राख्नु हो।

सम्पदामा निहित  ऐतिहासिक रूपमा मान्यता पाउँदै आएको तथा सामाजिक तथा वैज्ञानिक आधारमा  स्वीकार्य मौलिक मूल्य, मान्यता, विशेषता, चरित्र र प्रकृतिगत विशेषता आदि नै  आधिकारिकता हो भनी भूकम्पपछिको सम्पदा संरक्षणसम्बन्धी आधारभूत निर्देशिका–२०७२ ले परिभाषा दिएको छ। यस परिभाषामा अभिव्यक्त सम्पदा संरक्षणका सिद्धान्त व्यावहारिक कार्यान्वयन नै आजको प्रमुख चुनौती हो।

सम्पदा संरक्षण महत्वपूर्ण अनुसन्धानमूलक कार्य हो। सम्पदालाई केन्द्रमा राख्दै यसले ओगटेका धार्मिक, सांस्कृतिक, ऐतिहासिक, दार्शनिक, आर्थिक, प्राविधिक, राजनीतिक र वातावरणीय÷पर्यावरणीय आदि आयामबाट सम्पदा संरक्षणका सिद्धान्त खोजी हुनुपर्छ। वैज्ञानिक अभिलेखन र अनुसन्धानले सम्पदा संरक्षणमा आधिकारिक उपायहरू सिर्जना हुन सक्छन्। कामले काम सिकाउँछ भनेझैँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सिद्धान्तहरूको बहस र विमर्शभन्दा सम्पदा संरक्षणका परम्परागत अभ्यास, प्रविधि र शैलीको पालना र प्रयोग नै नेपालको सन्दर्भमा संरक्षणको उपयुक्त आधार मानिन्छ। सम्पदा संरक्षण गर्नुभन्दा भत्काएर नयाँ बनाउन तुलनात्मक रूपमा कम खर्चिलो होला तर यसो गर्दा सम्पदाको आधिकारिकता र मौलिकता नासिने खतरातर्फ सचेत हुनैपर्छ।

आज हामी चाहेर पनि न्यातपोल, कृष्ण मन्दिर वा सिंहदरबारजस्ता सम्पदा बनाउन सक्दैनौँ। यसैले यी विश्वव्यापी महत्व बोकेका हाम्रा अमूल्य निधि हुन्। यस्ता निधिहरूको संरक्षण कार्य निकै खर्चिलो हुन्छ। सम्पदाहरू नभत्काइ नहुने अवस्थामा पुगेका छन् भने मात्र प्राविधिक अध्ययन/प्रतिवेदनका आधारमा भत्काएर पुरानै  शैली र स्वरूप कायम हुनेगरी नयाँ बनाउन सकिन्छ। तर जोगाउन सकिने सम्पदालाई इन्जिनियरिङ अध्ययनबाट संरचनाको बलियोपनामा कमी आएको छ भन्ने प्रमाणित भए बलियोपना कायम राख्न वा बढाउन रेट्रोफिटिङ (सुदृढीकरण) गरेर सम्पदा बचाउनुपर्छ। यो नै संरक्षणकर्मी, संरक्षणविद् र सरोकारवाला निकायहरूको प्रमुख व्यावहारिक एवं सैद्धान्तिक चुनौती हो। यस्ता चुनौती सामना गर्न पर्याप्त अनुसन्धान र अभिरुचि आवश्यक पर्छ।

भूकम्पपछि सम्पदा संरक्षणमा अन्य सरकारी एवं नीतिगत चुनौतीले उत्तिकै प्रभाव पारेका छन्। एकातिर दक्ष कालिगढ, डकर्मी र सिकर्मी अभाव देखिएको छ भने अर्कातिर सम्पदा संरक्षणका लागि आवश्यक परम्परागत निर्माण सामग्रीहरू जस्तैः विशेष प्रकारका इँटा निर्माणमा कमी आएको सुनिन्छ। सम्पदा संरक्षणमा विशेष प्रकारको माटो आवश्यक हुन्छ। तर बढ्दो सहरीकरणका कारण कालो र पहेँलो माटोयुक्त जग्गा मासिइरहेका छन्। बढ्दो सहरीकरण, आफ्नो सम्पदाप्रति उदासिनता, पर्याप्त बजेट नहुनुजस्ता प्राविधिक एवं आर्थिक अभावका कारण सम्पदाहरूको पुनर्निर्माण तथा संरक्षणमा जटिलता देखिएका छन्। सम्पदाको पनि जीवन छ, मूल्य र मर्म छ। सम्पदा संरक्षण गर्दा ऐतिहासिक, सांस्कृतिक, पुराताŒिवक तथा आधिकारिक मूल्यहरूलाई विशेष ध्यान दिनुपर्छ अर्थात् सम्पदाका स्रष्टा र सर्जकको आत्माको उचित सम्मान गर्नु नै संरक्षण सिद्धान्तको मूल मर्म हो भन्दा अत्युक्ति नहोला। यी मूल्य र मर्मलाई जोगाइराख्न सके भावी सन्ततिका लागि अमूल्य उपहार हुनेछ भने वर्तमानका हामीलाई पनि आफ्नो विरासतप्रति गौरव हुनेछ।





यसमा तपाईको मत

अन्य समाचार

माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा थप बीमा सुबिधा

माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा थप बीमा सुबिधा

माछापुच्छ्र्रे बैंकले स्मार्ट बचत खाता खोल्ने ग्राहकहरुलाई १० लाख सम्मको दुर्घटना बीमाको साथमा १८ जटिल प्रकृतिका रोगहरुको उपचारमा ३ लाख...

साधनाको एकीकृत कारोबार सुरु

साधनाको एकीकृत कारोबार सुरु

साधना लघुवित्त वित्तिय संस्थाले आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थालाई प्राप्त गरी साधना लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार प्रारम्भ गरेको...

बजार खुल्दा किन्नेको भिड

बजार खुल्दा किन्नेको भिड

साताको दुई दिन लगातार बढेको नेप्से परिसूचक तेस्रो दिन मंगलबार पनि बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार...

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसी फाइनान्स र ब्लुक्रस हस्पिटलको संयुक्त आयोजनामा विविध कार्यक्रम सञ्चालन भएको छ । ...

देवःको एकीकृत कारोबार सुरु

देवःको एकीकृत कारोबार सुरु

देवः विकास बैंकले वेस्टर्न डेभलपमेन्ट बैंक प्राप्त गरी एकीकृत कारोबार प्रारम्भ गरेको छ । ...

पानीमा कोकको सहयोग

पानीमा कोकको सहयोग

स्मार्ट पानी कम्पनीले बोर्टलस नेपालको सहयोगमा वर्षात्मा परेको पानी जम्मा गर्ने प्रणाली र जमिनमुनिको पानी रिचार्ज गर्ने प्रविधि कान्ति बाल...

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा रिंगटोन बनाउनका लागि केही साना तर झन्झटिला कार्यहरू गर्नु पर्ने हुन्छ | यस लेखबाट आइफोनमा आफूलाई मन लागेको गीतलाई...

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैन्डले ‘मेगा मनसुन फ्री चेकअप क्याम्प’ सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad